back
CTIZAN AD

मौरीपालनप्रति किसान आकर्षित

वि.सं.२०८१ वैशाख २६ बुधवार

960 

shares

ढोरपाटन (बागलुङ) । कम लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि बागलुङको निसीखोला गाउँपालिकाका किसान मौरीपालनमा आकर्षित हुँदै गएका छन् । उच्च पहाडी इलाकामा मौरीपालन फस्टाउने हुँदा यसप्रति किसानको आकर्षण बढेको हो ।

निसीखोला–१ हुल्दीका अधिकांश किसानले मौरी पालेका छन् । आधुनिक तथा परम्परागत घारमा उनीहरुले मह उत्पादन गर्दै आएका छन् । गाउँमा यसभन्दा अगाडि स्थानीयले रैथाने मौरी पाल्दै आएकामा अहिले सामूहिक रुपमा मौरीपालन गर्न थालेका हुन् । अहिले गाउँमा १८ किसानले समूह नै बनाएर व्यावसायिक रुपमा मौरीपालन सुरु गरेका छन् । बजारीकरण र उत्पादन बढाउनका लागि किसान सङ्गठित भएको मौरीपालन कृषि समूहका नबहादुर कुँवरले बताए । समूहमा आबद्ध किसानमध्ये पहिलो चरणमा नौजनालाई अनुदानमा मौरीका घार र मौरी उपलब्ध गराइएको उनको भनाइ छ ।

गाउँलाई मौरीपालनबाट आत्मनिर्भर बनाउने गरी समूहमा धेरै किसानलाई समावेश गर्दै जाने अध्यक्ष कुँवर बताउँछन् । गाउँमै बसेर उद्यमी बन्ने र बजार मागलाई पूर्ति गर्नेगरी अहिले आफूले एक सय ४० घार मौरी पाल्दै आएको जनाउँदै अब यसलाई बढाउँदै जाने उनको भनाइ छ । कुँवरले भने, “गाउँमा व्यवसाय गर्ने हो भने धेरै माध्यम छन्, त्यसमध्ये मौरीपालन निकै उपयोगी हुँदा युवा मिलेर मौरीपालनमा लागेका छौँ, गाउँका धेरै कृषक यो पेसामा आबद्ध छन् आबद्ध नभएका पनि बिस्तारै आधुनिक घार लिएर सुरुआत गर्न थालेका छन्, गाई, भैँसी, बाख्राको तुलनामा मौरीपालन सजिलो र आम्दानीको राम्रो स्रोत हुने देखिएपछि अहिले धेरै स्थानीयले मौरी पाल्न थालेका छन् ।”

हुल्दी गाउँमा मकै, कोदो फल्ने बारीभरि यतिबेला मौरीका घार राखेको देखिन्छ । स्थानीय पवन सिञ्जालीले लामो समयदेखि कृषि गर्दै आएको र अहिले नयाँ कामको सुरुआत गरेको बताए । पछिल्लो समय अन्य गाउँबाट मौरी व्यवसाय हेर्न, ज्ञान लिन र घार किन्न आउने उनको भनाइ छ । मौरीपालनका लागि तालिम लिएर सीप हासिल गरेपछि व्यावसायिक रुपमा काम गर्न थालेको सिञ्जाली बताउँछन् । आफूले दुई घारबाट सुरुआत गरिएको भन्दै अहिले विस्तार भएर धेरै भएको उनको भनाइ छ ।

सोही गाउँका राजुलाल रोकाले पनि कृषक समूह गठन गरेर मौरीपालन गर्दै आएका छन् । पुरानो पुख्र्यौली घार र आधुनिक गरी एक वर्षभित्रै नौ घार माहुरी उत्पादन गर्दै आएको उनले बताए । यसलाई वृद्धि गर्दै जाने र आर्थिक उपार्जनको माध्यम बनाउने रोका बताउँछन् । पुख्र्यौलीभन्दा आधुनिक घार आम्दानीको दृष्टिकोरणले राम्रो रहेको उनको भनाइ छ । मौरीपालनलाई व्यवस्थित गर्न सके गतिलो आम्दानीको स्रोत बन्ने रोकाले बताए ।
रासस/फाइल फोटो

वि.सं.२०८१ वैशाख २६ बुधवार १४:५६ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...