back
CTIZAN AD

एमालेको ढिपीले मुलुक विखण्डनतर्फ : नेता पौडेल

वि.सं.२०७४ वैशाख २७ बुधवार

762 

shares

ramchandra

२७ वैशाख, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ ।

नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा मंगलबार दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसले मधेसवादी दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका बेला नेकपा (एमाले)को ढिपीले मुलुकलाई विखण्डनतर्फ धकेल्दै लगेको आरोप लगाउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “अन्य पार्टीहरु मुलुकभित्र समस्या जन्माउन सक्छन् । त्यसको समाधान काँग्रेसले मात्रै गर्न सक्छ ।” कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा विकास गर्न सके युवाहरु रोजगारीका लागि विदेश जान नपर्ने बताउँदै उहाँले काँग्रेसले जिते मात्रै देशमा विकासको कायपलट आउने दाबी गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले पनि प्रमुख प्रतिपक्षी जिम्मेवार नहुँदा मुलुकमा भयावह स्थिति आएको आरोप लगाउँदै स्थानीय निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख २७ बुधवार ०२:२२ मा प्रकाशित

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट...

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा (रुपन्देही) । रुपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने...