back
CTIZAN AD

उखु किसानले पाए भुक्तानी

वि.सं.२०८१ वैशाख २७ बिहीवार

1.3K 

shares

महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो ।

उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । “यसपालि उखु मिलबाट सबै रकम पाइयो,”, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरी भन्छन्, “तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौँ ।” आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ ।

उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाह भन्छन्, “यो अवैज्ञानिक छ ।” बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्याङ्कनलाई मूल्य निर्धारणको आधार बनाइन पर्ने उनी बताउँछन् ।
अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा कमसेकम रु सात सय प्रतिक्विण्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगबीचको सहमतिपछि रु छ सय १० कायम भएको । रु पाँच सय ४० उखुको मूल्यबापत उद्योगले दिने र रु ७० सरकारले अनुदानबापत दिने गरेको छ । किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम पाउन बाँकी छ ।

उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ । एकदशकअघि १८ हजार बिघामा उखुखेती हुनेगरेको थियो । उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताए ।
एभरेष्ट चिनी उद्योग वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिए । उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ ।
फाइल फोटो

वि.सं.२०८१ वैशाख २७ बिहीवार ११:१५ मा प्रकाशित

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

राजविराज र बोदेबरसाइनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन...

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङले मुलुकमा शान्ति, सद्भाव र समृद्धिको...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...