back

मुख्यमन्त्री कँडेल भन्छन्-विज्ञान र प्रविधिको विकासबिना मुलुकको समृद्धि असम्भव

वि.सं.२०८१ वैशाख २७ बिहीवार

282 

shares
RBB AD
NTC AD

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासबिना कुनै पनि मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स एण्ड टेक्नोलोजीद्वारा आज वीरेन्द्रनगर, सुर्खेतमा आयोजित ‘युवा वैज्ञानिक सम्मेलन’को उद्घाटन समारोहमा मुख्यमन्त्री कँडेलले अहिलेको विश्वको विकास र समृद्धिको उपज विज्ञान तथा प्रविधि भएको बताए ।

उनले भने, “विश्वको लागि विज्ञान र प्रविधि विकास एवं समृद्धिको मूल औजार बनेको छ । समृद्धिका सुचकाङ्क देखिनुमा यसकै ठूलो योगदान छ ।”

विज्ञान र प्रविधिको क्षेत्रमा भएका अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्नुका साथै यसलाई अझ फराकिलो बनाउने काममा सम्मेलनले सहयोग पुर्याउने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले भने, “विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम् सिर्जना हासिल गर्न विद्यार्थीलाई यसैमा उत्साहित भएर लाग्न प्रेरणा मिल्नुपर्दछ । आशा छ, यो सम्मेलनले युवा वैज्ञानिकहरूमा भएको विशिष्टीकृत ज्ञान, सीप, प्रविधि र नवीन विचारमार्फत उनीहरुलाई नवीनतम् कामका लागि अभिप्रेरित गर्नेछ ।”

विज्ञान र प्रविधि क्षेत्रको कार्यले नीति निर्माण तहमासमेत महत्त्वपूर्ण सुझाव र राय प्राप्त हुने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले युवा वैज्ञानिकका कार्य प्रशंनीय भए पनि राज्यको लगानी यसमा पर्याप्त नभएको टिप्पणी गरे । “राज्यको ध्यान यसमा जान सकेको छैन । स्रोत साधनको अभावमा पनि नेपालका कैयन युवा वैज्ञानिकले विश्वस्तरमा प्रतिस्पर्धा गरेको खबरले हर्षित तुल्याएको छ”, उनले भने ।

विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुनसक्छ भन्दै मुख्यमन्त्री कँडेलले युवाको ज्ञान, सीप र सिर्जनालाई प्रोत्साहन गर्न सकेमात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए । देशलाई समुन्नत बनाउन र आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न तथा जनताको स्तर उकास्न नवप्रवर्तन एवं नवीनतम् प्रविधि आवश्यक पर्ने औँल्याउँदै उनले अनुसन्धानकर्तासँगको सहयोग र सहकार्यमार्फत प्रविधिको विकासलाई संवर्द्धन गर्न कर्णाली सरकार विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए ।

प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मध्यपश्चिम विश्वविद्यालयले विज्ञान र प्रविधिको सहयोगले विश्व प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले विश्वविद्यालयको उन्नयन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले विश्वविद्यालय सरोकारवालासँग सहकार्य गरेर अगाडि बढ्ने साझा थलो भएको बताए । सम्मेलनमा प्राध्यापक रामेश्वर अधिकारीले ‘विज्ञान, प्रविधि र आजको युवा’सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

जसपाको महाधिवेशन सकियो, कार्यसमिति चयनको जिम्मा अध्यक्षलाई

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले...

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

सामाजिक संजालमार्फत् विदेश पठाइदिन्छु भनेर करोड बढी ठगी गर्ने छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने...

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका...

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

धनी र गरिबबीचको खाडल कम गर्न सक्नुपर्छ : सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके...

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई...

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

नेप्से घट्दा पनि करिब साढे ६ अर्बको कारोबार

काठमाडौँ । यो सातामा कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा...