न्युयोर्क । नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । एनआरएनए अमेरिकाको ट्रेड एण्ड टुरिज्म कमिटी, युथ, स्टुडेण्ड एण्ड स्पोर्ट्स कमिटी र एनआरएनए मेरिल्याण्ड च्याप्टरको संयुक्त आयोजनामा नेपाललाई किन भ्याकेशनको आईडियल गन्तब्य बनाउने’ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको हो ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको पेरिहल लाईब्रेरीमा मे ५ मा भएको प्रतियोगीतामा रोशन सुवेदी, ग्रिमा रेग्मी, सदिक्षा बस्नेत, रुशम राज भट्ट, मोहित जोशी, विशाल रेग्मी र शिमोन शर्माले भाग लिएका थिए ।
प्रतियोगीतामा ग्रिमा रेग्मी विजेता भइन् भने दोस्रो स्थान सदिक्षा बस्नेत, तोस्रो स्थान रुशम राज भट्ट, चौथो स्थानमा रोशन सुवेदी र विशाल रेग्मी र पाचौं स्थान मोहित जोशी र सिमोन शर्मा भएका छन् ।
विजेताले नेपाल जाने फ्रि टिकट र नेपाल घम्नका लागि विभिन्न प्याकेजहरु पाएका छन् ।
उक्त कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडे, एनआरएनए एनसीसी युथ भाइस् प्रेसिडेन्ट् अनुप खनाल, ट्ेड एण्ड टुरिजमका अध्यक्ष सर्वेन्द्र थापा, उप अध्यक्ष महेश भट्टराई, एनआरएनए मेरिल्यान्ड च्याप्टर् कार्यवहाक अध्यक्ष किरण पण्डित लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको निर्णायकमा कुलमणी आर्चाय, डा. उत्तम गौली, केनी शाह, सर्वेन्द्र खनाल र डा. पर्शुराम दाहाल रहेका थिए ।
वक्ताहरुले आफ्नो र आफु जस्ता युवालाई नेपाल किन र के कारणले गर्दा आफ्नो आगामी भ्याकेशन गन्तब्य हो र हुनुपर्छ भन्नेमा आआफ्नो विचार राखेका थिए ।
कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष बन्जाडेले कार्यक्रम सफल भएको र दोस्रो पुस्तालाई एनआरएनएको कार्यक्रममा सहभागीता गराउन भुमिका खेलेको बताए ।
वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:०५ मा प्रकाशित






























