back
CTIZAN AD

कर्मचारी कार्यक्षेत्रमा परिचालित

वि.सं.२०७४ वैशाख २८ बिहीवार

687 

shares

२८ वैशाख, जुम्ला। यहाँका ७६ मतदानस्थल तथा ८७ मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी परिचालित गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो । प्रत्येक मतदान केन्द्रमा पाँचदेखि आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

“पाँच सयभन्दा कम मतदाता भएको मतदान केन्द्रमा एक कार्यालय सहयोगी र दुई स्वयंसेवक खटाएका छौँ, त्यसभन्दा बढी मतदाता भएको ठाउँमा एक/एकजना थप गरेका छौँ,” उहाँले भन्नुभयो । बुधबार मात्र ६२५ कर्मचारी कार्यक्षेत्रमा परिचालित गरिएको न्यौपानेले बताउनुभयो । उनीहरुलाई ९० प्रकारका निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले प्रत्येक मतदान केन्द्रमा छ म्यादी प्रहरी र पाँच प्रहरीसहितको सुरक्षा टोली खटाइएको बताउनुभयो । जिल्लामा ४१५ म्यादी र ४८६ प्रहरीसहितको टोली परिचालित गरिएको छ ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जुम्लाका आठ स्थानीय तहमा अति संवेदनशील गाउँपालिकामा ३० र संवेदनशील गाउँपालिकामा २० सशस्त्र प्रहरी खटाइएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सबै कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र शान्ति सुरक्षाको अवस्था मजबुत र सन्तोषजनक रहेको बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख २८ बिहीवार ०१:३६ मा प्रकाशित

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ । काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले...

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार...

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यक

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले...

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण...

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

मालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा...

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’

गोदावरी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ...