back
CTIZAN AD

सदनको गतिरोध अन्त्यका लागि कार्यदलमा सहमति जुटाउन प्रयास

वि.सं.२०८१ जेठ १२ शनिवार

756 

shares

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका प्रतिनिधि सम्मिलत कार्यदलमा सहमति जुटाउन भगीरथ प्रयास गरिने कार्यदलका एकजना सदस्यले बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भए पनि समितिको कार्यदेशबारे टुङ्गो नलाग्दा गतिरोध कायम छ । आज हुने कार्यदलको बैठकमा सहमतिका निम्ति हदैसम्म लचिलो हुने नीति सरकारले लिएको कार्यदलका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले बताए ।

प्रमुख दलका शीर्षनेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा शुक्रबार भएको छलफल सकारात्मक दिशामा उन्मुख भएपछि कार्यदलमा पनि सहमति हुने सङ्केत मिलेको हो । कार्यदलका सदस्य बर्ताैलाले आज दिनभर आफूहरु औपचारिक एवं अनौपचारिक छलफलमा जुट्ने र सहमतिका निम्ति भगीरथ प्रयास गर्ने बताए ।

प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अनियमिततामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विगतमा जोडिएको सन्दर्भमा उनको नाम उल्लेख नगरी उनी जोडिएका सहकारीका नाम उल्लेख गरेर छानबिनको कार्यादेश निर्धारण गर्न प्रमुख प्रतिपक्षी दल लचिलो भएको जनाए ।
फाइल फोटो

वि.सं.२०८१ जेठ १२ शनिवार १३:३३ मा प्रकाशित

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...