back

युवापुस्ताको प्रवासी जीवन र प्रेममा आधारित ‘लन्डन टु पेरिस’

वि.सं.२०८१ जेठ १७ बिहीवार

438 

shares
RBB AD
NTC AD

काठमाडौँ । युवापुस्ताको प्रवासी जीवन र प्रेममा आउने उतारचढावमा आधारित रहेर चलचित्र ‘लन्डन टु पेरिस’ निर्माण गरिएको निर्देशक घनश्याम लामिछानेले बताएका छन् ।

यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र विषयमा जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले दर्शकको नजरबाट चलचित्र तयार गरिएको बताए । “यो भ्रमणका क्रममा भेटिने जोडीको प्रेम कथा हो । सोहीअनुसार चलचित्र निर्माण गरेका छौँ । यहाँ हुने घटनाक्रम वास्तविकझैँ छन् । यो कथा नै लन्डनदेखि पेरिससम्मको भएकोले त्यस पृष्ठभूमिमा तयार गरेका छौँ”, निर्देशक लामिछानेले भने, “हामीले विदेशी दृश्यलाई छायाङ्कन गर्दा इजाजत लिएर गर्ने गरेका छौँ । यसपटक पहिलेभन्दा अझ धेरै मिहेनत गरेर सबै पक्षलाई समेट्ने प्रयास गरेका छौँ ।”

बेलायतमा छायाङ्कन गरिएको यो चलचित्रमा पनि कुनै सम्झौता नगरेको उहाँको भनाइ छ । युवा पुस्तालाई प्रेम र यसको महत्व दर्शाउन चलचित्र सफल हुने लेखक प्रदीप भारद्वाजले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यसमा अपत्यारिलो लाग्ने दृश्यलाई जानेर नै हटाएका छौँ । चलचित्र कल्पनासँगै वास्तविकतासँग पनि नजिक हुनुपर्छ भन्ने सिद्धान्तमा रहेर यसको पटकथा तयार गरेको हुँ । यसमा अहिले युवापुस्तामा देखिने प्रेम र त्यसको समस्या छ ।”

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कथावस्तुकै कारण आफूले चलचित्रमा काम गरेको बताए । “यो हाम्रो पुस्ताको प्रेम कथा हो । मलाई प्रस्ताव आएपछि कथा पढ्दा कथा देखेको र पात्रसँग जोडिएको महसुस गरे । पात्र प्रवासी नेपाली भएकाले पहिरन र लवजमा धेरै मेहनत गर्न परेन । यसको केही दृश्य वा थोरै कथा मेरो जीवनसँग पनि मेल खान्छ”, अभिनेत्री शाहले भनिन् ।
चलचित्रमा अभिनेत्री शाहसँगै कविर खड्का, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुआत गर्दै छन् ।

“मलाई सानैदेखि ठूलो पर्दामा देखिने रहर थियो । यहाँ नयाँलाई मौका पाउन सहज छैन तर यो समूहसँग काम गर्न पाउँदा निकै सहजताका साथ सपना पूरा गरे । अब यहाँ टिकिरहन सक्दो मेहनत गर्ने छु”, नवअभिनेता खड्काले भने ।

चलचित्रमा अभेद परवले छायाङ्कन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरले सङ्गीत सिर्जना, सजु चन्दनले सम्पादन, सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरेका छन् ।

वि.सं.२०८१ जेठ १७ बिहीवार ०७:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

गीतकार बस्नेतको बहुप्रतिक्षित गीत ‘बहुरानी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । केही वर्षयता नेपालीले पनि हिन्दी गीत निर्माण गर्ने...

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

यस्तो छ ‘दान्भी’ मा पूजाको एक्सन भूमिका (भिडियोसहित)

काठमाडौं । नायिका पूजा शर्मा पहिलोपटक शसक्त रुपमा एक्सन भूमिकामा...

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सुरु

गलेश्वर (म्याग्दी) । लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं...

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

माग्ने बुढाको श्रीमती चलचित्र ‘सानो संसार’बाट डेब्यु गर्दै

काठमाडौं । माग्ने बुढाको नामले चर्चा कमाएका केदार घिमिरेको श्रीमती...

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

१३ वर्ष पछि पुनः प्रदर्शन हुँदै चलचित्र ‘आचार्य’

काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र...

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

नेपालमै पहिलो पटक ‘फर्की फर्की’ चलचित्रमा ‘टाइम लुप’को प्रयोग

काठमाडौँ । नेपालमा सामाजिक विधा (सोसल ड्रामा) मा धेरै चलचित्र...