back
CTIZAN AD

गण्डकीसहित पाँच प्रदेशका केही स्थानमा चट्या्ङ्ग सहित हल्का वर्षाको सम्भावना !

वि.सं.२०८१ जेठ १७ बिहीवार

867 

shares

 

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०८१ जेठ १७ बिहीवार ०७:४५ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...