अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत् अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षता तथा फिप्नाका सचिव दाजिमा शेर्पाको टेक्निकल सहयोगमा फिप्नाका महासचिव दिपक चौधरीले कार्यक्रमको सञ्चांलन गरेका थिए ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्यता न्यूयोर्क राज्यका सभासद जेनिफर राजकुमारले गरेका थिए भने बिशेष अतिथिमा न्यूर्योक राज्यका सभासद स्टिभन रागा रहेका थिए । साथै फिप्नाका सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकारहरू, फिवनाका अध्यक्ष इन्दिरा चोम्बांग, नेपाल सरकारका पूर्व पर्यटन सद्भावना दुत् केशव राम राई, एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्साल, न्यूयोर्क डेमोक्रयाटीक क्लबका अध्यक्ष ज्ञयानेल थापालगायत अन्य नेपाली डायस्पोराका संस्थाहरू र आमन्त्रित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ६ जना बक्ताहरू थिए । जसमा फिप्नाका सल्लाहकार लोक चेम्जोङले नेपाली अमेरिकन हेरिटेज डेको बारेमा जानकारी दिएका थिए । न्यूयोर्क राज्यका सभासद् जेनिफर राजकुमारले न्यूयोर्क राज्यमा रहेका विभिन्न समुदाय र तिनीहरूको संस्कृतिक महत्वको बारेमा बोलेका थिए भने, न्यूर्योक राज्यका सभासद स्टिभन रागाले राज्यसभामा नेपाली लगायत अन्य समुदायको विविधता र समावेशी बनाउने बताएका थिए ।
त्यसैगरी एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्सालले नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन प्रवासी नेपालीको भूमिकाको बारेमा आफ्नो धारणा राखेका थिए ।
माइनोरिटी इम्पावरमेन्टका अध्यक्ष श्याम कार्कीले माइनोरिटी समुदायलाई कसरी इम्पावर गर्न सकिन्छ भन्ने भनाई राखेका थिए भने अर्का बक्ता न्यूयोर्क डेमोक्र्याटिक डिस्टिक लिडर छेवाड. लामाले नेपालीहरूले मनाउदै आएका बिभिन्न नेपाली अमेरिकन हेरिटेज डे, नेपाल डे परेड, नेपाल कम्यूनिटी डे, एभरेष्ट डेलाई कसरी एउटै छातामुनि ल्याउन सकिन्छ भनेर आफ्ना धारणा राखेका थिए ।
फिवनाका अध्यक्ष चोम्बांगले आदिवासी महिलाहरूको शसक्तिकरणको बारेमा बोलेकी थिइन् भने त्यहा उपस्थित सम्पूर्ण नेपाली डायस्पोराले नेपाली अमेरिकन हेरिटेज डेको महत्व, नेपाली भाषा र संस्कृतिको बारेमा प्रकाश पार्नुको साथै यसको निरन्तरतामा सुझाब र सल्लाहा दिएका थिए ।
कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष गुरूङले कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।
वि.सं.२०८१ जेठ २४ बिहीवार २१:२६ मा प्रकाशित






























