back
CTIZAN AD

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

वि.सं.२०८१ असार ४ मंगलवार

1.1K 

shares

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पर्वतको विहादी गाउँपलिकाले ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

विहादी गाउँपालिकाको सोमबार सम्पन्न १५औँ गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा भएको हो । गाउँपालिकाभित्र कृषि, लघुउद्यम, पशुपालन, पर्यटन क्षेत्रमा युवावर्गलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए ।

प्रस्तुत नीति तथा कार्यक्रममा ‘श्रमिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिँदै उनले स्थानीय तहको पञ्चवर्षीय रोजगार रणनीति तर्जुमा गरी आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन पहल गरिने बताए ।
पालिकाभित्र लघुउद्यम समूह गठन गरी व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई उद्यमी बनाउन प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण र बजारीकरणमा सहयोग गरिनेछ । एक घर एक युवा स्वरोजगार ग्रामीण स्वावलम्बन कार्यक्रमको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले बताए ।

पालिकाक्षेत्रका युवालाई स्वरोजगार बन्न अभिप्रेरित गर्न करका दरमा छुट तथा परिमार्जन तथा स्थानीय सीप, स्रोत र प्रविधिमा आधारित घरेलु तथा साना स्थानीय उद्योग सरंक्षणको नीति लिएको छ । स्थानीय रूपमा उत्पादित मदिराको उत्पादनलाई महत्व दिई अर्थोपार्जनको नीति अगाडि बढाउने, गाउँपालिकाभित्र स्थापना हुने कृषि समूह, निजी फार्म र सहकारी दर्ता तथा कार्यक्षेत्रको अनुमतिजस्ता विषय व्यवस्थित ढङ्गले अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाले गर्भवतिको स्वास्थ्यलाई दृष्टिगत गर्दै ग्रामीण ‘अल्ट्रासाउण्ड सेवा’ कार्यक्रम कार्यान्वयन योजना पनि अघि सारेको छभने २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरिने भएको छ । विद्युत्को खपत बढाउनका लागि प्रोत्साहन गरिने अध्यक्ष गुरुङले बताए ।

सङ्घीय सरकारसँगको समन्वयमा रु चार करोड लगानीमा बृहत् सिँचाइका पूर्वाधार निर्माण गरिने र ‘डिपबोरिङ’ आयोजना प्रभावकारी बनाइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

धर्मसंस्कृतिको जगेर्नासँगै जलवायु परिवर्तनको असरलाई घटाउन पालिकाले ‘एक टोल एक चौतारी’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्लाका सात पालिकामध्ये विहादीले पहिलोपटक बजेट, नीति तथा कार्यक्रम सार्वजनकि गरेको हो ।

वि.सं.२०८१ असार ४ मंगलवार १४:२१ मा प्रकाशित

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...