back

पशुपति क्षेत्र विकास कोषको सूचनापछि तिलगङ्गाबासीको विरोध

वि.सं.२०८१ असार ४ मंगलवार

273 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निर्णयप्रति स्थानीयले विरोध जनाएका छन् । कोषले तिलगङ्गा क्षेत्रको जग्गा १५ दिनभित्र खाली गर्न सूचना जारी गरेको थियो ।  कोषले सूचना जारी गरेपश्चात स्थानीयले आपत्ति जनाएका छन् । कोषले सम्झौता विपरीत बस्ती हटाउन लागेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८, तिलगङ्गाका स्थानीय दीपकप्रसाद गौतमले उक्त बस्तीका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको बताए । उनले २०७१ सालदेखि विभिन्न मितिमा गरेका निर्णय कोषले कार्यान्वयन नगरेर जनतालाई दुःख दिने काम गरेको दाबी गरे ।

गौतमले तिलगङ्गाका जनतालाई स्थानान्तरण गर्नुपर्ने ठाउँको जग्गा दिए चाँडो निस्कने बताए । उनले १५ दिनभित्र तुरुन्त हटेर जा भनेर भन्नु अन्यायपूर्ण भएकाले विरोधमा उत्रिएको बताए ।

अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरू कहीँ नजाने बताए । ‘जग्गा उपलब्ध भए हामी जाने तयारीमा छौँ । जग्गा दिएको भोलिपल्ट नै छोडेर जान्छौँ’, उनले भने ।

तिलगङ्गा (बि १३) मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड (बि ३) क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ गते निर्णय गरेको भए पनि हालसम्म जग्गा उपलब्ध गराउन नसकेको स्थानीयको भनाइ छ । कोषले असार १ गते ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

वि.सं.२०८१ असार ४ मंगलवार १५:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता...

टीआरसी विधेयकमा दलहरु सहमति नजिक

टीआरसी विधेयकमा दलहरु सहमति नजिक

काठमाडौँ । शान्ति प्रक्रिया तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख...

एक वर्षमा सवा ३४ करोडका अवैध सामान बरामद

एक वर्षमा सवा ३४ करोडका अवैध सामान बरामद

वीरगञ्ज (पर्सा) । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका...