back
CTIZAN AD

द्वन्द्वमा बलात्कृत महिलाहरूको स्वास्थ्य अवस्था भयावह 

एघार जनामा क्यान्सर, आठ जनाको पाठेघर फाल्नुपर्ने

वि.सं.२०८१ असार ४ मंगलवार

1K 

shares

काठमाडौँ । द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ । दुई हप्ताअघि ३८ जना पीडितको स्वास्थ्य परीक्षण गर्दा ११ जनामा क्यान्सर देखिएको छ ।

द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय सङ्गठनकी संयोजक देवी खड्काले ३८ जनामध्ये ११ जनामा क्यान्सर देखियो बताइन् । उनले आठ जना महिलाको तत्काल पाठेघर फाल्नुपर्ने अवस्था रहेको समेत बताइन् ।

‘क्यान्सर देखिएका साथीहरूको कुन स्टेजको सङ्क्रमण हो भनेर थप परीक्षण भइरहेको छ ।’ संयोजक खड्काले भनिन्, ‘१० जनाको सेतोपानी बग्ने समस्या भएकोले औषधि चलाइएको छ भने बाँकीलाई मनोसामाजिक परामर्शको खाँचो छ ।’

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन समयमा नबन्दा धेरै पीडितहरूले ज्यान गुमाउनुपर्ने अवस्था देखिएको बताइन् । खड्काले सरकारका प्रतिनिधिहरूले कानुनलाई बेवास्ता गर्ने, विदेश भ्रमण र दिवसहरूमा रमाइरहने र पीडित नारकीय जीवन बाँच्न बाध्य भइरहनुपर्ने अवस्थाप्रति आक्रोश पोखिन् ।

शान्ति सम्झौताको १८ वर्ष पुगिसक्दा पनि सरकारले एक थान कानुन पनि नबनाएर पीडितमाथि मजाक गरिरहेको खड्काको आरोप छ ।सङ्गठनले पीडितहरूको स्वास्थ्य उपचारको लागि सञ्चालन गरेको यो चौथो स्वास्थ्य शिविर हो । यसअघि गत वर्ष पुसमा गरिएको तीन वटा स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्दा एक सय २७ जना पीडितमध्ये ८५ प्रतिशतमा मानसिक समस्या देखिएको थियो ।

पछिल्लो स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराएका द्वन्द्वमा बलात्कार पीडितहरू नयाँ भूगोलका फरक पीडितहरू हुन्, जसले सङ्गठनको पहलमा पहिलो पटक स्वास्थ्य परीक्षण गराएका हुन् ।

वि.सं.२०८१ असार ४ मंगलवार १८:१४ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...