back
CTIZAN AD

नेकपाका कार्यकर्ताद्वारा निर्वाचन सामग्री नष्ट

वि.सं.२०७४ वैशाख ३० शनिवार

732 

shares

३० वैशाख,मुगु । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान १०.३० बजेतिर निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् ।

सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदल दूरीमा पुगिने रारा छायानाथ नगरपालिका–१२ मा पर्ने शोभा गाउँमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र, मतपेटिकालगायत सबै निर्वाचन सामग्री लुटेर नष्ट गरिएको हो ।

सुरक्षाकर्मी खाना खाइरहेका समयमा करिब चार सयको सङ्ख्यामा आएका तिनले मतदान केन्द्र नियन्त्रणमा लिई सबै निर्वाचन सामग्री लुटेका हुन् । घटनापछि नेपाली सैनिकलगायत आवश्यक निर्वाचन सामग्री तथा थप सुरक्षाकर्मी उक्त मतदान केन्द्रमा पठाइसकिएको र आइतबार निर्धारित समयमा नै मतदान प्रक्रिया सुरु हुने प्रजिअ शरदकुमार पोखरेलले बताउनुभयो । उक्त मतदान केन्द्रमा तीन सय २४ मतदाता छन् ।

वि.सं.२०७४ वैशाख ३० शनिवार ०९:५४ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...