back
CTIZAN AD

मलको अभाव नहुने

वि.सं.२०७४ वैशाख ३० शनिवार

954 

shares

३० वैशाख ,कैलाली। कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने बताएको छ ।कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाप्रसाद जोशीले जानकारी दिएकाछन् ।

यस वर्ष वर्षेबालीका लागि चार सय चार मेट्रिक टन युरिया बिक्री वितरण गरेको र दुई सय ९६ मेट्रिक टन युरिया मौज्दात रहेको उहाँले बताउनुभयो । त्यस्तै पाँच सय ३२ मेट्रिक टन डिएपी बिक्री वितरण गरिएकामा सात सय २२ मेट्रिक टन मौज्दात रहेको छ । करिब २३ मेट्रिक टन पोटास बिक्री वितरण गरिएकामा तीन सय ५१ मेट्रिक टन मौज्दात रहेको कार्यालयले जनाएको छ ।

“एक हजार तीन सय ६९ मेट्रिक टन मल मौज्दात छ,” कार्यालय प्रमुख जोशीले भने । कैलालीमा एक सय ९३ सहकारी मार्फत मल वितरण गरिँदै आएको छ ।

वि.सं.२०७४ वैशाख ३० शनिवार १०:१८ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...