back
CTIZAN AD

राप्रपाको महिला सङ्गठन अध्यक्ष अन्जनाद्वारा राजीनामा

वि.सं.२०८१ असार ६ बिहीवार

1.1K 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी अध्यक्ष अन्जना शाह रावलले पार्टीबाट राजीनामा दिएकी छन् ।

उनी गत वैशाख २५ गते काठमाडौँमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन् । जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी थिइन् ।  त्यसअघि राप्रपाले उनलाई राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको तदर्थ समिति अध्यक्षमा २०७९ असार २ गते मनोनीत गरेको थियो ।

उनले पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङसमक्ष पदबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र नै सार्वजनिक गरेकी छन् ।

राजीनामा पत्रमा बोधार्थ अध्यक्ष राजेन्द्र लिङ्देन र संयोजित सङ्गठन समन्वय विभागका प्रमुख गोपाल दाहाललाई दिइएको छ । आफ्ना सहकर्मीलाई आफ्ना कारणले कामकाजमा अप्ठेरो परेको भन्दै उनले बुधवार राजीनामा दिएकी हुन् । उनले राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको अध्यक्ष, राप्रपाको साधारण सदस्यबाटै आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्।

वि.सं.२०८१ असार ६ बिहीवार १०:५७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...