back
CTIZAN AD

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

वि.सं.२०८१ असार ७ शुक्रवार

813 

shares

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले आफ्नो बीसौँ स्थापना दिवसको अवसरमा ‘सोनसिक अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन–२०२४’ सम्पन्न गरेको छ ।

‘सहकार्यात्मक नेतृत्वः दिगो विकासका लागि अन्तरविषयगत नवप्रवर्धन र वैज्ञानिक उत्कृष्टताको उत्प्रेरक’ भन्ने विषयलाई मुख्य आधार मानेर आयोजना गरिएको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन गत जुन १५ र १६ तारिखमा दक्षिण कोरियाको छनानमा अवस्थित नामसउल विश्वविद्यालयमा सम्पन्न भएको हो ।

सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको प्रमुख आतिथ्य (भर्चुअल), नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराई, एनआइआइइडी टिम नेता किम ना युन, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिक तथा शिक्षा र अनुसंधान क्षेत्रका विशिष्ट व्यक्तित्व लगायत दुईसय भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

उदघाटन सत्रलाई सम्बोधन गर्दै शिक्षामन्त्री श्रेष्ठले कोरिया लगायत विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई एक हुन यस सम्मेलनले ठूलो भूमिका खेलेको र यस्ता प्रकारका सम्मेलनहरु नेपालमै गर्नको लागि प्रस्तावना लिएर आउन अनुरोध गर्दै आफ्नो सहयोग सदैव रहने प्रतिबद्धता व्यक्त गरे ।

विश्वभर फैलिएका नेपाली वैज्ञानिक तथा शिक्षाविद्हरुलाई राष्ट्रप्रति थप जिम्मेवार बन्दै शिक्षाको आधुनिकीकरणमा वैदेशिक शैक्षिक संस्था तथा नीतिगत तहबाट समन्वयन र सहकार्य गरी नेपाललाई सहयोग गर्न पनि उनले अपील गरिन् ।
शिक्षा र अनुसन्धानले मात्रै समाजलाई सभ्य बनाउन र मानव जीवनको औचित्यलाई अझै परिष्कृत गर्न सक्ने भन्दै यस्तो कार्यक्रम मार्फत सबैलाई जोड्न प्रयास गरेकोमा आयोजकलाई विशेष धन्यवाद दिए ।

उद्घाटन सत्रलाई प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, उपनियोग प्रमुख पुष्पराज भट्टराई, वैज्ञानिक समितिका अध्यक्ष देवी बहादुर बस्नेतले विशेष सम्बोधन गरेका थिए ।

उद्घाटन सत्रमा कोरियाका लागि नेपाली राजदूत महामहिम ज्योति प्याकुरेल भन्डारी आउन तय भएपनि अकस्मात स्वास्थ्य समस्याका कारण आउन नसकेपछि उनको सन्देश सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले पढेर सुनाएका थिए ।

कार्यक्रममा आयोजक समितिका संयोजक किरण सुवालले स्वागत तथा समाजका अध्यक्ष मेघनाथ पौडेलले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका सचिव नारायण सराफ, सोनसिक मिडिया उप समिति संयोजक डा. कमला केसी, र नामसउल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी कान्ति खतिवडाले संयुक्त रुपमा गरेका थिए ।

दुईदिने सम्मेलनको उद्घाटन जुन १६ तारिख बिहान नामसउल विश्वविद्यालयका प्रेसिडेन्ट प्रा. डा. स्युङ योङ युन्, नेपाली दूतावास कोरियाका उपनियोग प्रमुख पुष्पराज भट्टराई र समाजका अध्यक्ष मेघनाथ पौडेलले संयुक्त रूपमा गरेका थिए ।
सम्मेलनको विशेष वक्ताको रूपमा नेपालबाट आमन्त्रित वैज्ञानिक प्रा. डा. निरन्जन पराजुली तथा प्रा. डा. लुइस केनेरेको बिशेष प्रस्तुति रहेको थियो ।

त्यस्तै चर्चित टेलिभिजनकर्मी सुजन शाक्यले विशेष प्रस्तुति दिएका थिए । उद्घाटन सत्रमै सोनसिकले नेपाली विद्यार्थीको हकहितका लागि भनेर पहिलो पटक सोनसिकको आफ्नै एप ल्याएको छ । उक्त एपलाई नेपाली दूतावासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले सार्वजनिक गरे ।

सम्मेलनको पहिलो दिनमा ‘माइन्ड म्याटर्स’ भन्ने विषयमा प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमले गहन अन्तरकृया गर्नुका साथै कोरियामा अध्ययनरत स्वदेशी तथा विदेशी विद्यार्थीहरुलाई विशेष परामर्श प्रदान गरेका थिए ।
त्यस पश्चात कोरियामा रहेका आप्रवासी बालबालिका लक्षित ट्यालेन्ट शो ’हाजिरी जवाफ, चित्रकला, र आफ्नो क्षमता देखाउने प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो ।

सम्मेलनमा शिक्षा, समाजशास्त्र, नेचुरल साइन्स, मेडिसिन, फार्मेसी, माइक्रोबायोलोजी, कंप्यूटर विज्ञान, इन्जिनियरिङ, वैकल्पिक ऊर्जा, मनोविज्ञान लगायत सम्पूर्ण विषयवस्तुलाई समेटी चार ओटा छुट्टाछुट्टै सत्रहरू दुई घण्टासम्म एकै समयमा सञ्चालन गरिएको थियो भने पोष्टर प्रस्तुति एक घण्टा चलेको थियो ।

प्रथम सत्र नेचुरल साइन्स तथा मेडिसिनको नेतृत्व प्राकृतिक तथा वैकल्पिक ऊर्जा विज्ञ डा. अग्नि राज कोइरालाले गरेका थिए ।

डा. पुन माया महर्जनले क्रिस्पर सीएएस जिन एडिटिंग सम्बन्धी अनुसन्धानात्मक तथ्यहरूबारे विशेष प्रस्तुति दिनुका साथै फरक–फरक विषयमा अनुसन्धान गरिरहेका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरुले आ–आफ्नो अनुसन्धानबारे प्रकाश पारेका थिए ।

प्राध्यापक डा. ज्ञानेन्द्र प्रसाद जोशीले नेतृत्व गरेको आई. टि, इन्जिनियरिङ तथा कंप्यूटर साइन्स लगायतका विषयबस्तुलाई समेटिएको दोस्रो सत्रमा पनि आधा दर्जन भन्दा धेरै वैज्ञानिक तथा अनुसन्धानकर्ताले आफ्ना अनुसन्धानहरुबारे प्रस्तुति दिएका थिए । सोसल साइन्स एण्ड म्यानेजमेन्टको सत्रमा प्रोफेसरहरु डा. हान् व्योल यो र डा. हान युन् जुङ विशेष प्रस्तुतकर्ताको रूपमा आमन्त्रित थिए भने पाँचजना अनुसन्धानकर्ताले आफ्ना शोधपत्रहरूको नतिजालाई स्पष्ट पारेका थिए ।

तेस्रो सत्रको नेतृत्व प्राध्यापक डा. मधुसुदन आत्रेयले गरेका थिए । प्राध्यापकहरू डा. सिर्जना थापा र डा. युन् सिल किमको नेतृत्वमा सम्पन्न ‘मेन्टल हेल्थ एंड वेलविइङ’ सम्बन्धि सत्रमा विशेष आमन्त्रित वक्ताको रुपमा प्राध्यापक डा. ए जङ पार्क र डा. शरणहरि श्रेष्ठले विशेष सम्बोधन गरेका थिए ।

अन्य अनुसन्धानकर्ता तथा विद्यार्थी गरी सातओटा विशेष प्रस्तुतिहरु गरिएका थिए ।

डा. सौगात सिवाकोटी, डा. कपिल गुरुङ तथा डा. उस्मान मुहम्मदले सत्रहरुको सहजीकरणमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । पोष्टर प्रस्तुति सत्रमा पनि दर्जनौँ अनुसन्धानकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कोरिया र अन्य देशलाई प्रतिनिधित्व गर्दै सहभागी अनुसन्धानकर्ताहरुले गर्ने अनुसन्धानहरु अत्यन्तै स्तरीय र समाजलाई ठूलो योगदान दिन सक्ने खालको रहेको पोष्टर मूल्यांकन विज्ञ टिमका संयोजक डा. घनश्याम ज्ञवालीले बताए ।

सन् २००४ मा स्थापना भएको सोनसिकले यसबर्ष विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो स्थापनाको २० औं बर्ष मनाईरहेको छ ।

विश्वभरका आफना अलुम्नाईमार्फत नेटवर्क विस्तार गरिरहेको सोनसिकले शैक्षिक, सांस्कृतिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

यस वर्ष नामसउल विश्वविद्यालयको तीसौं वार्षिक उत्सवको अवसर पारेर उक्त सम्मेलन सोनसिक र विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो ।

सम्मेलनलाई नेपाली राजदुतावासले मुख्य प्रायोजन गरेको थियो भने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, जिमोनी ट्रान्स, लर्न कोरियन विथ विवेक, सिद्धार्थ फुटबल क्लब–थेगू तथा रोयल इन्डियन रेष्टुरेन्टले प्रायोजन गरेका थिए।

वि.सं.२०८१ असार ७ शुक्रवार १२:५२ मा प्रकाशित

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

काठमाडौं । चिकित्सकमाथि भएका आक्रमणका घटनाको विरोधमा दुई दिनदेखि अवरुद्ध...

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई...

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न...

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

कार्यक्रम गर्नुपूर्व अनिवार्य स्वीकृति लिन कास्की प्रशासनको आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिकस्थलमा कुनै पनि कार्यक्रम...

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका...

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

विदेशी नागरिकलाई कुटपिट गर्ने डान्स क्लबका दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा...