back
CTIZAN AD

पाँच बुँदे सहमतिपछि देशभरका अस्पतालमा स्वास्थ्य सेवा सुचारु

वि.सं.२०८३ साउन १४ बिहीवार

114 

shares

काठमाडौं । चिकित्सकमाथि भएका आक्रमणका घटनाको विरोधमा दुई दिनदेखि अवरुद्ध स्वास्थ्य सेवा सरकार र नेपाल चिकित्सक संघबीच भएको पाँच बुँदे सहमतिपछि बुधबार साँझदेखि देशभर पुनः सञ्चालनमा आएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा भएको तोडफोडको घटनापछि नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्दै आन्दोलन थालेको थियो। सहमतिसँगै ओपीडीसहित नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ।

सरकार र चिकित्सक संघबीच भएको पाँच बुँदे सहमतिअनुसार नारायणी अस्पताल घटनामा संलग्नमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने भएको छ। साथै, स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुन संशोधनका लागि आवश्यक विधेयक संसद्को चालु अधिवेशनमा दर्ता गर्ने, चिकित्सक संघको सहभागितामा कानुनी तथा नीतिगत सुधारका लागि कार्यदल गठन गर्ने, विगतका सहमतिहरूको कार्यान्वयन अनुगमन गर्न संयुक्त संयन्त्र बनाउने तथा आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्य सेवा तत्काल सुचारु गर्ने सहमति भएको छ।

सहमतिपछि नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गर्दै देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालमा नियमित सेवा सञ्चालन गर्न सदस्य चिकित्सकलाई आग्रह गरेको जनाएको छ।

सहमतिपछि स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन् भने अस्पताल प्रशासनले सेवाग्राहीलाई नियमित रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सबै सेवा सञ्चालनमा ल्याएको जनाएको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अस्पतालमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।

यसअघि नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि आक्रोशित समूहले चिकित्सकमाथि कुटपिट तथा अस्पतालमा तोडफोड गरेपछि चिकित्सकहरूले आन्दोलन सुरु गरेका थिए। उक्त घटनाले देशभरका अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको थियो।

 

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:४० मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...