back
CTIZAN AD

सुनसरीमा सर्वदलीय बैठक : साम्प्रदायिक सद्भावका लागि ५ बुँदे प्रतिबद्धता

वि.सं.२०८३ साउन १४ बिहीवार

135 

shares

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न ५ बुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।

दलहरुको संयुक्त बैठकले घटनापछि जिल्लाका विभिन्न स्थानमा देखिएको साम्प्रदायिक तनाव, हुलदंगा तथा अराजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न सबै राजनीतिक दल, समुदाय र सरोकारवाला पक्षले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले आक्रोश, प्रतिशोध र हिंसाको बाटो त्यागेर संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ। सर्वसाधारणलाई पनि सामाजिक सद्भाव कायम राख्न जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न अपिल गरिएको छ।

त्यसैगरी, सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक वा अराजकता फैलाउने सामग्री प्रकाशन तथा साझेदारी नगर्न आग्रह गर्दै आधिकारिक स्रोतबाट प्राप्त सूचनामाथि मात्र विश्वास गर्न अनुरोध गरिएको छ। गलत सूचना र अफवाहले समाजमा थप तनाव सिर्जना गर्न सक्ने भएकाले सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न बैठकले सबैसँग अपिल गरेको छ।

बैठकले पछिल्ला प्रदर्शनमा किशोर तथा युवाको समेत सहभागिता देखिएको उल्लेख गर्दै अभिभावकलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ। युवालाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, भिडभाड तथा सम्भावित झडपबाट टाढा राख्न आवश्यक निर्देशन र निगरानी गर्न अभिभावकसँग अनुरोध गरिएको छ।

आइतबार घटेको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

सर्वदलीय बैठकले जिल्लाको शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासलाई बलियो बनाउन राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, स्थानीय समुदाय र सर्वसाधारणबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

स्थानीय प्रशासनले पनि सबै पक्षलाई संयम अपनाउन, कानुनको पालना गर्न र कुनै पनि अफवाहको पछि नलाग्न आग्रह गर्दै जिल्लाको शान्ति र सुरक्षा कायम राख्न आवश्यक कदम निरन्तर चालिने जनाएको छ।

वि.सं.२०८३ साउन १४ बिहीवार ०९:३० मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...