
अमेरिकाको कोलोराडोमा रहेको किंराँत राई सोसाइटी अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष भिम राईलागयत ७० जनाले सोसाइटी परित्याग गरि नयाँ संस्था स्थापना गरेका छन् ।
कोलोराडो निवासी किरात राईको भेलाले किराँत राई कम्युनिटी अफ कोलोराडो स्थापना गरेको हो । नवगठित संस्थाको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषध्यक्ष र संस्कृति संयोजकमा क्रमशः भिम राई, शोभा सुब्बा राई, जिदन राई, दिलबहादुर राई, मालती मगर र धन राई रहेका छन् । त्यस्तै सदस्यहरुमा धन बहादुर राई, इन्द्र राई, सपना राई रहेका छन् ।
सोही भेलाले ६ सदस्सीय सल्लाहकार समिती पनि चयन गरेको छ । यसरी चयन भएका सल्लाहकारहरुमा टीकाराम राई, सनबहादुर राई, एसबी मिजार, केदार खतिवडा, डा डेन एडवोर्स र निर्मला राई रहेको संस्थाका सचिव जिदेन राईले बताएका छन् ।
कोलोराडोमा किरात राई सोसाईटी अफ अमेरीकाको च्याप्टर रहेको र आफूहरु पनि च्याप्टरको बिभिन्न पदमा रहेर केही समय काम गरेको तर आफूहरुलाई उक्त संस्थाको केन्द्रिय निती तथा कृयाकलाप चित्त नबुझेको कारण बाध्य भएर अर्को संस्था खोल्नु परेको सचिव राईको भनाई रहेको छ ।
वि.सं.२०७४ वैशाख ३१ आइतवार ०६:२२ मा प्रकाशित
























