back
CTIZAN AD

किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण

वि.सं.२०८१ असार १७ सोमवार

669 

shares

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत पाँच हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरेको हो ।

नगरपालिकाको ४० प्रतिशत अनुदान र किसानको ६० प्रतिशत लगानीमा किसानको मागका आधारमा लिची एक हजार दुई सय ५०, कागती एक हजार तीन सय ८०, मौसमी पाँच सय ५०, सुन्तला एक हजार सात सय ३० र ड्रागन फ्रुट एक सय २० बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।

फलफूल खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण सुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । किसानलाई बिरुवा वितरण गर्दै उहाँले कृषि पेसामा लागेर स्वरोजगार बनेका उत्कृष्ट किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिए ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक बनाउनुपर्ने बताउँदै व्यावसायिक किसानलाई नगरले सहयोग गरिरहेको जानकारी दिए । पालिकाले बिरुवा लगाउने, संरक्षण गर्नेलगायत विषयमा विज्ञमार्फत परामर्श पनि उपलब्ध गराइएको बताए । बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत खनाल, लेखा अधिकृत नवराज गौतम, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईलगायतको उपस्थिति थियो ।

वि.सं.२०८१ असार १७ सोमवार १७:१३ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...