back
CTIZAN AD

कांग्रेससँग नौ बुँदे सहमतिपछि कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य

वि.सं.२०८१ असार १७ सोमवार

885 

shares

कर्णाली । प्रतिपक्षी दल नेपाली कांग्रेससँग नौबुँदे सहमति भएपछि कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सत्रौं बैठक सञ्चालन भएको छ ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट विनियोजन असन्तुलित, अन्यायिक र असमानुतिक भएको भन्दै यही असार ५ गतेदेखि नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको थियो । आइतबार कांग्रेसको चर्को असन्तुष्टिसँगै सदनमा असामान्य अवस्था सृजना भयो । धरकपडाका बीचमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सदनमा सदस्यहरुले उठाएका प्रश्न तथा जिज्ञासामाथिको जवाफ दिएका थिए ।

कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेपछि गतिरोध अन्त्य गर्न आज सभामुख नन्दा गुरुङको अध्यक्षतामा प्रदेश सरकार, प्रतिपक्षसहित चारवटै दलको बैठक बसेको थियो । उक्त बैठकबाट व्यक्तिको नाम, निजी फर्म, सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजन हुने गरी आएका योजनालाई कार्यान्वयन हुन नदिने, क्रमागत र बहुवर्षीय आयोजनालाई प्राथमिकता निर्धारण गरी निर्माणलाई प्राथमिकता दिने सहमति भएको छ ।

सहमतिअनुसार प्रदेश सरकारबाट विनियोजित कार्यक्रमअन्तर्गत कृषि, सशर्त, क्रमागत र मर्मततर्फ बाहेक अन्य निर्माणका हकमा रु १५ लाख र भवन तथा सडक निर्माणका हकमा रु ३० लाख कम बजेटका आयोजना कार्यान्वयन नगर्ने, समान वितरण गरिनुपर्ने विषयलाई आत्मसात गर्दै निश्चित विधिअनुसार योजना निर्माण तय गर्ने नीति लिने निर्णय भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार क्षेत्र, भूगोल तथा जनसङ्ख्यालाई आधार बनाइ आगामी आवमा छुट भएका आयोजनाहरु छलफल गरी प्राथमिकता साथ समावेश गर्ने, समपुरक, विशेष र सशर्त अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिका समावेश गर्ने निर्णय भएको छ । साथै प्रदेश सरकारले तर्जुमा गरेका कृषितर्फका कार्यक्रम बाहेक रु ३० लाखमाथिका सबै आयोजना ठेक्का (टेण्डर/बोलपत्र) प्रक्रियामार्फत सञ्चालन तथा प्रक्रिया पूरा गरी छनोट भइसकेका ‘एक जिल्ला, एक नमूना विद्यालय’ कार्यक्रम कार्यान्वयन गर्ने र शैक्षिक सुधार कार्यक्रमअन्तर्गत कम्तीमा ४० विद्यालयको भवन निर्माण गर्ने निर्णय भएको छ ।

 

वि.सं.२०८१ असार १७ सोमवार २१:१२ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...