back
CTIZAN AD

एसइईको पराकम्प ! आखिर दोषी को ?

वि.सं.२०८१ असार १८ मंगलवार

1.7K 

shares

विदुरप्रसाद दाहाल

विद्यार्थी फेल हुँदैनन् भन्ने कुरालाई यस पटकको परीक्षाले उल्ट्यायो । असार १३, २०८१ मा २०८० सालमा लिइएको माध्यमिक शिक्षा परीक्षाको नतिजा आयो । नतिजालाई विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास भइरहेको छ । एसइईको पराकम्प अझै केही दिन जाने छ । यसको धक्काले शिक्षक, विद्यार्थी, अभिभावक, सरकार सबै प्रभावित छन् । सबै हल्लिएका छन् ।

हुन त पहिले पनि राम्रो थिएन । त्यसलाई ढाकछोप गरिएको थियो । अहिले सतहमा छरपस्ट भयो । एस.ई. ई. को नतिजा राम्रो आएन । ४ लाख ६४ हजार ७८५ विद्यार्थी मध्ये ४७.८६ प्रतिशत विद्यार्थीले मात्र कक्षा ११ पढ्न पाउने भए । २ लाख ४२ हजार ९२ (५२.१४ प्रतिशत) फेल भए । यसलाई एन.जी भनियो । जसलाई ११ कक्षा पढ्न ढोका खुला भएन । २११ जनाको परीक्षा रद्द भयो । कमजोर नतिजा आउनुमा एकले अर्कालाई दोष देखाइएको छ । कसैले शिक्षकलाई दोष लगाए । कसैले सरकारलाई दोष लगाए । कसैले अभिभावकलाई दोष लगाए । कसैले राजनीतिलाई देखाए । विद्यार्थीलाई नै दोषी देखाउने पनि कम भएनन् । खराब नतिजाका लागि एउटा पक्ष मात्र जिम्मेवार हुँदैन । धेरै पक्षहरूको योगफल हो अहिलेको एस.ई.ई.नतिजा । यसले शिक्षक, विद्यार्थी, अभिभावक, सरकार सबैको हैसियत र भूमिका के हो ? भन्ने देखाएको छ । सबैलाई आत्मा मूल्याङ्कन र समीक्षा गर्न भनेको छ । भयो भएन भविष्यमा देखिने छ ।

दोष कसको?

दोषी को हो ? विद्यार्थी ! अभिभावक ! शिक्षक! समाज/राजनीतिक पार्टी ! राज्य ! वास्तवमा सबै दोषी हुन् । कसको बढी र कसको कम भन्ने मात्र हो ।

मुख्य दोष राज्य/सरकारकै हो । २०७२ पछि विद्यार्थी फेल हुँदैनन् । सबै पास हुन्छन् भन्ने हौवा फिँजायो । पठन संस्कारलाई बिथोल्यो । विद्यार्थीले पढाइलाई ध्यान दिएनन् । विद्यार्थी फेल भए । राज्यले शैक्षिक वातावरण राम्रो बनाउन सकेन । आफ्ना शिक्षकलाई तह लगाएन । विद्यार्थीलाई सिक्न प्रेरित गरेन । सबैलाई समन्वय गर्न सकेन । भएको यही हो ।

अर्को दोषी शिक्षक हो । विद्यार्थी फेल भए । उसले राम्रो पढाएन । सिकाएन । पढाउनुको सट्टा आफ्नो घरायसी कामलाई जोड दियो । राजनीति पार्टीको झोला बोकेर हिँड्यो । पढाउने कामलाई प्राथमिकता दिएन । विद्यालय शिक्षामा खर्च गरेको अरबौँ लगानी बालुवामा पानी हाले सरह भयो ।

अभिभावकले राम्रो वातावरण दिएका छोराछोरी पास भए । जसका अभिभावक सचेत थिएनन्; तिनीहरूले बाल बच्चाको पढाइमा ध्यान दिन सकेनन् । सक्दैनन् पनि । त्यस्तैका छोराछोरी फेल भए । अभिभावकको अशिक्षा र घरायसी परिवेश विद्यार्थी फेल हुनुका सहयोगी कारण थिए । राम्रो अभिभावकत्व नपाएका तथा धेरैजसो ग्रामीण क्षेत्रका अभिभावकका छोराछोरी फेल भए ।

विद्यार्थीमा स्व-उत्प्रेरणा जरुरी छ । स्व उत्प्रेरणा हुने र आत्मा मूल्याङ्कन गर्न सक्ने सबै जसो विद्यार्थी पास भए । पढाई र समयको महत्त्व नबुझ्नेहरू फेल भए । अरूको लागि पढ्न स्कुल जानेहरू,पढाइलाई भन्दा अरू कुरालाई ध्यान दिनेहरू पछाडि परे। फेलै भए। ती विद्यार्थी फेल भए जसले मोबाइलमा ध्यान दिए । खेल्नमा ध्यान दिए । अनावश्यक कुरामा ध्यान दिए । अपवाद बाहेक गरिब र निमुखा विद्यार्थी फेल भए । त्यो पनि सामुदायिक स्कुलमा पढ्ने फेल भए।

परीक्षा प्रणालीमा र पाठ्यक्रममा सुधार जरुरी छ। विद्यार्थीलाई उत्प्रेरित नगरी नतिजा सुधारिँदैन । शिक्षकले सिकाई शैलीमा परिवर्तन गर्नै पर्छ । शिक्षकलाई थप जिम्मेवार बनाउनु पर्छ । घोकन्ते भन्दा जीवनमा आधारित परीक्षा र मूल्याङ्कन प्रणाली चाहिन्छ । अभिभावकको गरिबी एउटा प्रमुख चुनौतीको हो । राज्यले आवासीय विद्यालय सञ्चालन गरी गरिब र बिपन्नहरुलाई पढाउनु पर्छ । त्यसले निगरानी बढाउँछ। पठन संस्कृति बढ्छ । समग्रतामा शैक्षिक वातावरण सुधार हुन्छ ।

विद्यालयमा व्यवस्थापन पक्ष महत्त्वपूर्ण हुन्छ ।जुन विद्यालयमा व्यवस्थापन पक्ष राम्रो छ। प्र. अ. क्षमतावान् छन् । व्यवस्थापन समिति सक्रिय छ । अभिभावकले निगरानी गर्न सक्छन् । राजनीतिक पार्टी र समाज सहयोगी छ भने त्यस्ता स्कुलको नतिजा अहिले पनि राम्रो छ । लथालिङ्ग व्यवस्थापन भएका स्कुलको नतिजा लाज मर्दो छ । खास गरी सामुदायिक विद्यालयको अवस्था नाजुक छ ।

शिक्षा शास्त्र सङ्काय पनि दोषबाट मुक्त हुन सक्दैन । उसको सिकाई र पाठ्यक्रमबाट दीक्षितहरूले एस.ई.ई. को नतिजा यो हालतमा पुराए । त्यसैले विश्वविद्यालय र शिक्षा शास्त्र सङ्कायले पनि आफूलाई सच्याउनु जरुरी छ । उ असफलताको प्रश्न उ माथि पनि तेर्सिन्छ।

समस्याको स्रोत

समस्या अभिभावकको चेतनामा छ । गरिबी र अभावमा छ । सरकारको कमजोर लगानीमा छ । विद्यार्थीको स्व उत्प्रेरणा नहुनुमा छ । अहिले पनि सरकारले विषय शिक्षक दिन सकेको छैन । तल्लो तहका शिक्षकले पढाइ रहेका छन्। त्यति मात्र होइन; समस्या राजनीति पार्टीमा छ । उनीहरूले शिक्षकलाई पढाउन भन्दा पार्टीको झोला बोक्न लगाए । शिक्षकले बोके । अझ समस्या पाठ्यक्रम र विषय बस्तुमा छ । शिक्षकको सिकाई शैलीमा छ। काम नलाग्ने विषय बस्तुको भारी विद्यार्थीलाई बोकाउन खोजिएको छ। पाठ्यक्रम व्यवहारिक छैन । पाठ्यक्रम जीवन उपयोगी छैन। पाठ्यक्रम र विषय बस्तुमा विद्यार्थीको रुचि छैन । त्यसैले विद्यार्थीले पढ्न/सिक्न रुचि देखाएनन् । पढेर भविष्य बन्छ भन्ने उसले ठानेन । चुरो कुरो यही हो। उनीहरूलाई सम्झाउन र बुझाउन सकिएन ।

समस्या परीक्षा प्रणाली र मूल्याङ्कन छ । कपिमा घोकेर लेखेको आधारमा पास र फेल छुटाउने प्रणाली दोषी छ । जीवनोपयोगी सीप र सिकाई सिक्यो ÷सिकेन भन्ने आधारमा मूल्याङ्कन हुनु पर्छ। त्यसका आधारमा फेल पास गर्नु पर्छ । यस्तो प्रणाली चाहिन्छ जहाँ आफ्नै शिक्षकको मूल्याङ्कन प्रणाली अन्तिम हुनुपर्छ । यसका लागि शिक्षक इमानदार र नैतिक वान भने हुनै पर्छ। खड्केको कुरा यही हो । धेरैजसो शिक्षकहरू मूल्याङ्कन गर्न जान्दैनन् । जाने पनि इमानदार छैनन् । ३ घण्टा लेखेको र लेख्न नसकेको आधारमा फेल/पास गराउने प्रणाली गलत छ । यो थोत्रो भो । यो परिवर्तन गर्नु पर्छ । शिक्षकलाई जिम्मेवार बनाउनु पर्छ ।

निजी शैक्षिक संस्था( बोडिङ) नभएको भए सरकारी विद्यालयको पास प्रतिशत कति हुदो हो ? बोडिङहरुले सरकारको लाज ढाकी दिएको छ । कम तलब र जागिरको ग्यारेन्टी नभएका शिक्षकहरूले पढाएर धेरै विद्यार्थी पास भएका छन्। यसबाट के बुझ्ने ? सरकारी शिक्षक पढाउँदैनन् भन्ने कुरा प्रस्ट छ। त्यसो हुँदा व्यवस्थापन पक्ष र निगरानी प्रणाली बलियो चाहिन्छ । यो कुरामा केन्द्रीय सरकार र स्थानीय सरकारले बुझ्नु जरुरी छ ।

४ महिना पछि बल्ल एस. ई. ई. को नतिजा आयो । फेल हुने जतिले फेरि पूरक परीक्षा दिन पाउने निर्णय सरकारले गर्‍यो । यो राम्रो कुरा हो । तर पूरक परीक्षाको नतिजा कुर्दा कक्षा ११ को क्यालेन्डर त बिग्रँदैन ? लोकप्रिय हुने नाममा त्यसले थप समस्या त ल्याउँदैन? फेल भएका विद्यार्थी तत्कालै पास हुँदा परीक्षाको विश्वसनीयता के होला ? सुधार गर्नु पर्ने सिकाई हो वा परीक्षा प्रणाली हो ? कन्फ्युजन बनाएको छ। परीक्षा प्रणाली खराब हो भने सुधारे हुन्छ। परीक्षा प्रणालीको बारे बहस चलाऊ । अहिलेको परीक्षा प्रणालीबाट कति महिनामा आधा विद्यार्थीको नतिजा फेरि आउला? यसको असर मूल्याङ्कन हुनु पर्छ । एउटाको असर अर्कोमा सर्नु हुँदैन । यो कुरा शिक्षा मन्त्रालयले बुझेको छ वा छैन ।

समाधान के त ?

परीक्षा प्रणालीमा र पाठ्यक्रममा सुधार जरुरी छ। विद्यार्थीलाई उत्प्रेरित नगरी नतिजा सुधारिँदैन । शिक्षकले सिकाई शैलीमा परिवर्तन गर्नै पर्छ । शिक्षकलाई थप जिम्मेवार बनाउनु पर्छ । घोकन्ते भन्दा जीवनमा आधारित परीक्षा र मूल्याङ्कन प्रणाली चाहिन्छ । अभिभावकको गरिबी एउटा प्रमुख चुनौतीको हो । राज्यले आवासीय विद्यालय सञ्चालन गरी गरिब र विपन्नहरूलाई पढाउनु पर्छ । त्यसले निगरानी बढाउँछ। पठन संस्कृति बढ्छ । समग्रतामा शैक्षिक वातावरण सुधार हुन्छ । विद्यार्थी जान्दै नजान्ने भन्ने हुँदैन । बढी जान्ने र कम जान्ने हुन सक्छ।तर वातावरण पाए भने सबैले सिक्न सक्छन्। सिकाई वातावरण निर्माण महत्त्वपूर्ण कुरा हो।यसो भएमा शैक्षिक सुधार सम्भव छ। विद्यार्थी फेल हुने छैनन्। एस.ई.ई. को पराकम्प सदाको लागि बन्द हुनेछ।

 

वि.सं.२०८१ असार १८ मंगलवार १३:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...