काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ । मङ्गलवार महानगर कार्यालयमा अख्तियारको टोलीले छापा हानेको हो ।
महानगरले मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा परेको उजुरीमाथि छानबिन गर्न अख्तियारले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारले राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।
वि.सं.२०८१ असार १८ मंगलवार १७:१८ मा प्रकाशित