back
CTIZAN AD

प्रचण्डलाई तत्काल राजीनामा दिन एमालेकाे ताकेता

वि.सं.२०८१ असार २३ आइतवार

843 

shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिन ताकेता गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न एमालेले प्रचण्डलाई आग्रह गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, बर्तौलाको भनाइ छ । त्यस्तै एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।

‘सरकारलाई कुनैपनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ’, बर्तौलाको भनाइ छ । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।

वि.सं.२०८१ असार २३ आइतवार १२:०८ मा प्रकाशित

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

महोत्तरी । आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले संघीय संसद्मा पेस गरेको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...