काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्यलाई विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
एमालेले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो ।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गरेका हुन् ।
वि.सं.२०८१ असार २६ बुधवार १३:४२ मा प्रकाशित






























