काठमाडौँ । केपी शर्माओली नेतृत्वको सरकारमा दलित प्रतिनिधित्व सून्य बनेको छ । सोमबार विस्तार भएको भएको २२ सदस्सीय मन्त्रिपरिषद्मा दलित समुदायका एक जना मन्त्री समेत नियुक्त भएका छन् ।
सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदाय उपस्थित विहीन भएका छन् ।
एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
वि.सं.२०८१ असार ३१ सोमवार १३:०१ मा प्रकाशित






























