back
CTIZAN AD

रोजगारको बाध्यता अन्त्य गर्छु : नवनियुक्त श्रममन्त्री

वि.सं.२०८१ असार ३१ सोमवार

996 

shares

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३औँ पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।

“वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिनेछु”, उनले भने ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे ।

“अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरु छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन”, उनले भने, “हामीले इमान्दारिता र अध्ययन नगरी, प्रतिफल दिन नसक्ने काम ग¥यौँ भने त्यो हाम्रो असफलता हुन्छ ।”

मन्त्री भण्डारीको राजनीतिक यात्रा

उनी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरु गरेका हुन् । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गर्नुभएका उहाँ बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए ।

भण्डारी विसं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भए । विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हँुदै उनको संसदीय यात्रा सुरु भएको थियो । विसं २०४४ मा पहिलोपटक स्थानीय विकास सहायकमन्त्री बनेका थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको सदस्यको जिम्मेवारीमासमेत् रहे ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी–४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए । उनी विसं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित हुनुभएको थियो । त्यसयता उहाँ पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएका थिए ।

नेवि सङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उनी २०३४ सालमा तीन महिना भारत निर्वासनमा बस्नुभएको थियो । २०५१ सालमा स्वतन्त्र सांसदका रुपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए ।

उनले विसं २०७० मा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । सोही वर्ष उनी संविधानसभा निर्वाचनमा पराजित भए । उनी २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो । मन्त्री भण्डारीले गोरखा दक्षिण बाहु र संविधानसभा पदक प्राप्त गरेका छन् ।

 

 

वि.सं.२०८१ असार ३१ सोमवार १६:१८ मा प्रकाशित

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

सहकारीका माध्यमबाट कृषि उद्यममा जम्दै मधेशका महिला

महोत्तरी । आम रुपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक

कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

बजेटमा पेसागत महासङ्घको यी १२ बुँदामा असन्तुष्टि

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेले संघीय संसद्मा पेस गरेको...

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज महानगरका प्रमुख सिंह लुकेर बसेको अवस्थामा पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहलाई पक्राउ गरिएको...