back
CTIZAN AD

अप्रजातान्त्रिक गतिविधिप्रति आयोग गम्भीर

वि.सं.२०७४ जेठ १ सोमवार

669 

shares

 १ जेठ, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको ऐतिहासिक निर्वाचनमा मुलुकका केही स्थानमा निर्वाचन विरोधी क्रियाकलाप गरी जनताको अभिमतको उपेक्षा र निषेध गर्ने, आतङ्क फैलाउनेजस्ता अप्रजातान्त्रिक गतिविधि र क्रियाकलाप भएकोमा आयोग गम्भिर भएको जनाएको छ ।

मतदान र मतपेटिका ढुवानीलगायत कार्यहरूमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी माथि भएको हमलाप्रति आयोगले आपत्ति प्रकट गरेको आयोगद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माध्यामिक विद्यालय सेरापाटा मतदानस्थलको मतपेटिका मतगणनास्थलतर्फ लैजाँदै गर्दा हिजो साँझ नेपाल कम्युनिष्ट पार्टीले गरेको आक्रमणको प्रतिकारमा सुरक्षाकर्मीको गोलीबाट राप्रपाका उम्मेदवार धनरुप बटालाको निधन हुनका साथै अन्य तीन जना घाइते भएका थिए ।

त्यस्तै दोलखाको मेलुङग गाउँपालिका–१ पवटीस्थित सत्यश्वर मावि मतदान केन्द्रमा अज्ञात समूहबाट मतपेटिका लुट्ने प्रयास भएको र मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीमाथि हिजो आक्रमण भएपछि सुरक्षाकर्मीको गोलीबाट नकुल भुजेलको घटनास्थलमै मृत्यु भएको र अन्य १० जना घाइते भएको आयोगले जनाएको छ ।

आयोगले घाइते कर्मचारी एवम् सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गत भएकाप्रति हार्दिक श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । यस्ता अवान्छित क्रियाकलाप गर्न नदिन सरकारले समयमानै ध्यान पु¥याउने छ भन्दै आयोगले मतगणना, परिणाम घोषणा र त्यसपछिको अवधिमा पनि सुरक्षाको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्ष गराएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

निर्वाचनमा अहोरात्र खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको प्रशंसा गर्दै आयोगले उच्च मनोबलका साथ मतगणनाको कार्य समयमै सम्पन्न गर्नमा सहयोग पु¥याउन सरोकारवाला सबैसँग आग्रहसमेत गरेको छ ।

वि.सं.२०७४ जेठ १ सोमवार १५:४८ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...