काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २२ स्थित न्युरोडको फुटपाथको काम नरोक्ने बालेन सचिवालयले चेतावनी दिएको छ ।काठमाडौँ महानगरपालिकाले गरेको न्युरोड परिसरमा फुटपाथ बढाउने काममा शुक्रवार स्थानीयर्ले अवरोध गरेका थिए । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएको थियो ।
स्थानीयले फुटपाथ बढाउने कामको विरोध महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । कानूनको परिपालना गर्दा अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको महानगरपालिकाको भनाइ छ । अदालतलकोपनि आदेशको अवहेलना गर्नेलाई कानसनअनुसार कारबाही हुने चेतावनी दिइएको छ ।
काठमाडौँ महानगरपालिका प्रमुखका स्वकिय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडी बढाएको बताए । उनले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानून अनुसार अगाडी बढ्ने बताए । उनले काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी नेपाल सरकारको भएको पनि बताए ।
वि.सं.२०८१ साउन ४ शुक्रवार १७:४९ मा प्रकाशित






























