back
CTIZAN AD

वन कार्यालयद्वारा ६३ वटा सर्पको उद्धार

वि.सं.२०८१ साउन ५ शनिवार

1K 

shares

राँझा (बाँके) । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ वटा सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए ।

उनका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ । डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/८१मा ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ । आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो । यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिए ।

गत आवमा वन्यजन्तुबाट भेडाबाख्रा ६९, गाईगोरु/भैँसी नौ, बङ्गुर सात, माछा दुई हजार, हाँस १२ र कुखुरा १० क्षति पुगेको छ । बाँके राष्ट्रिय निकुञ्ज तथा सो को मध्यवर्ती क्षेत्र बाहेक जिल्लाका सम्पुर्ण भू-भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ ।

उक्त क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वन्यजन्तुको संरक्षण लगायत स्थानीय जनतालाई निजी वन स्थापना र विकास गर्न सहयोग पुग्ने कार्य गर्दै आएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिए ।
रासस /फाइल फोटो

वि.सं.२०८१ साउन ५ शनिवार १५:१६ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...