back
CTIZAN AD

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

वि.सं.२०८१ साउन ८ मंगलवार

1.2K 

shares

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मङ्गलवार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

लामाले आजै काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुख शर्माले बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

नुवाकोटका लामा पहिलो पटक मुख्यमन्त्री भएका हुन् । उनको बुधवार प्रदेश प्रमुख कार्यालयमा शपथ हुनेछ । लामाले बुधवार काँग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

एमालेले मन्त्रीको टुङ्गो लगाइसकेको छ भने काँग्रेसमा आकाङ्क्षी धेरै भएकाले मन्त्री छनोटमा समस्या देखिएको छ । काँग्रेसका मन्त्रीहरूको नाम बुधवार बिहानसम्म टुङ्गो लगाउने तयारी छ ।

 

 

वि.सं.२०८१ साउन ८ मंगलवार १८:०० मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...