back
CTIZAN AD

मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोड बढी

वि.सं.२०८१ साउन १३ आइतवार

852 

shares

झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व रु १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा रु एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।

नगरकी राजस्व परामर्श समितिका संयोजक एवं नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व रु ११ करोड ६१ लाख २१ हजार छ सय ९७ सङ्कलन भएको जानकारी दिए । एक वर्षमा रु दुई करोडको हाराहारीमा आन्तरिक आयश्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताए ।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व सङ्कलन गर्दै आएको छ । सम्पत्ति करतर्फ रु तीन करोड ४० लाख १९ हजार छ सय ४५ र अन्य सेवा शुल्कबापत रु दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ सङ्कलन भएको छ । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर सङ्कलन गरिने उनले जानकारी दिए ।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नं ६ ले उक्त अवधिमा सबैभन्दा बढी रु एक करोड ७६ लाख २७ हजार सात सय एक राजस्व सङ्कलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । दोस्रोमा वडा नं १० रहेको बताउँदै यसले रु एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ राजस्व सङ्कलन गरेको उनले बताए ।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नं १० ले रु ५९ लाख ७९ हजार ४३ सङ्कलन गरेको छ । नगरपालिकाले चालु आवमा रु १६ करोड ७७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए । चालु आवमा नगरको कूल बजेट रु दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रहेको छ ।

 

वि.सं.२०८१ साउन १३ आइतवार १६:४२ मा प्रकाशित

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...