back
CTIZAN AD

समयमै काम सम्पन्न नगर्ने कम्पनीसँग ठेक्का सम्झौता तोडिँदै

वि.सं.२०८१ साउन १४ सोमवार

948 

shares

काठमाडौँ । सम्झौता अनुसार समयमै निर्माण सम्पन्न नगरेका कम्पनीसँग ठेक्का सम्झौता तोडिने भएको छ । हाललाई ५२ आयोजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटबाट व्यवस्थापन भई निर्माण कार्य अघि बढाइएका आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।

डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगरेका निर्माण कम्पनीलाई ठेक्का किन नतोड्ने भनी प्रश्न गर्दै स्पष्टीकरण मागेको छ ।

पटक-पटक लिखित र मौखिक रूपमा ताकेता गर्दा पनि समयमै काम सम्पन्न नगरेपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयले ५२ वटा सडक र पुलको काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न सक्ने आधारसहित १५ दिनभित्र सम्पन्न नहुनुको कारण पेस गर्न अल्टिमेटम दिएको छ । कारण र आधार चित्तबुझ्दो नभए निर्माण कम्पनीलाई ठेक्का तोडी कालो सूचीमा राखिने कार्यालयले जनाएको छ ।

वि.सं.२०८१ साउन १४ सोमवार १०:३५ मा प्रकाशित

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

सदस्यता अद्यावधिक गर्न समयावधि थप, सहमति नभएसम्म क्रियाशील सदस्यता अद्यावधिक नगर्ने इतर समूहको अडान

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा अद्यावधिक गर्न...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

प्रधानमन्त्री बालेन शाहद्वारा खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यको विवरण सार्वजनिक

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको...