back
CTIZAN AD

स्कुल बसको गति नियमन गर्न सांसद नेपालीको सुझाव

वि.सं.२०८१ साउन १४ सोमवार

612 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यार्थी बोकेको स्कुल बस कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विषय उठेको छ ।

आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै स्कुल बसको गति सीमित बनाउने नीति बनाई नियमन गर्न सुझाव दिए ।

उनले भने, “बसका चालकले तोकिएको गतिभन्दा बढीमा सञ्चालन गरिरहेका हुन्छन् । सोही कारणले सरकारले स्कुल बस सञ्चालनसम्बन्धी आवश्यक नीति बनाई कडाई साथ कार्यान्वयन गर्नुपर्ने हुन्छ ।”

कास्की जिल्ला पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा छ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सांसद नेपालीले भने, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नचिनिने र गुड्नेबाट यात्रा गरे शव नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।”

सांसद नेपालीले बिपी कोराइलाले ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र, गणतन्त्र आएपनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको बताए । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरेपनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उनको भनाइ छ । “कानुनका कयौँ बुँदा यातायात व्यवसायी विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याइएको देखिन्छ,” उनले भने ।

सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानका बारेमा आवश्यक छानबिन गरी निर्णय गर्नुपर्ने बताए ।

वि.सं.२०८१ साउन १४ सोमवार १६:३९ मा प्रकाशित

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...