back
CTIZAN AD

१८ देशमा नयाँ राजदूत सिफारिस, पाँच देशका राजदूत फिर्ता बोलाइने

वि.सं.२०८१ साउन १४ सोमवार

1.4K 

shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले १८ देशका लागि नयाँ राजदूतको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १८ देशका लागि नयाँ राजदूत सिफारिस गर्नुका साथै अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रीकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

बैठकले चीनका लागि राजदूत रहेका विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर, अस्ट्रेलियाका लागि कैलाशराज पोखरेल, श्रीलंकाका लागि बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि राजदूत रहेका दान बहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको बताइएको छ । साथै अमेरिकाका लागि राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र बेलायतका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् ।

त्यस्तै स्पेनका लागि सनिल नेपाल, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, मलेसियाका लागि नेत्र तिमल्सिना, चीनमा कृष्णप्रसाद ओली, पाकिस्तानमा रिता धिताल र दक्षिण अफ्रिकाको राजदूतमा कपिलमान श्रेष्ठ सफारिस भएको बताइएको छ ।

त्यसैगरी इजरायलमा धनप्रसाद पण्डित, पोर्चुगलका लागि प्रकाशमणि पौडेलको नाम सिफारिस गरिएको छ भने कतार, डेनमार्क, मलेसिया, पोर्चुगल,साउदी अरब र जर्मनीका लागि पनि नयाँ राजदूत नियुक्तिका लागि सिफारिस गरेको बताइएको छ ।

वि.सं.२०८१ साउन १४ सोमवार २२:१९ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...