back
CTIZAN AD

नेपालको विकास प्रयासमा सघाउने चीन तयार रहेको : राजदूत छन सोङ

वि.सं.२०८१ साउन १५ मंगलवार

735 

shares

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको आर्थिक–सामाजिक विकासका निम्ति सक्दो सहयोग गर्न चीन तयार रहेको बताएका छन् । चाइना मिडिया ग्रुप र साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले नेपालको आर्थिक विकास चीनको चाहना भएको बताए ।

राजदूत सोङले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजना नेपालको हितमा रहेका बताउँदै चिनियाँ कम्युनिष्ट पार्र्टीको २०औँ केन्द्रीय समितिको तेस्रोे राष्ट्रिय बैठकले निर्दिष्ट गरेका सुधार योजना नेपाललगायत छिमेकी देशका लागि महत्वपूर्ण छन् भने । उनले सुधारका योजनाबाट दुवै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।

“यी सुधारका उपायले चीन र नेपाललाई हिमालय पारि सम्पूर्ण तवरले जोड्ने सञ्जाल निर्माणलाई चाँडो अगाडि बढाउन, कृषि, उद्योग, व्यापार, ‘डिजिटल टेक्नोलोजी’, ऊर्जा, पर्यटन क्षेत्रको क्षमता विस्तारमा उपयोगी हुनेछन् । यसबाट नेपाललाई समृद्धिका अवसर प्राप्त हुनेछ”, राजदूत छनले भने ।

फरक प्रसङ्गमा उनले चिनियाँ कम्युनिष्ट पार्र्टीको बीसौँं केन्द्रीय समितिको तेस्रोे बैठकले चीनको निरन्तर सुधार र खुलापनको सन्देश प्रवाह गरेको बताएका छन् । उनले चिनियाँ कम्युनिष्ट पार्टी सुधार र खुलापनलाई दृढतापूर्वक उठाउँदै नयाँ युगको नयाँ यात्रामा लम्किरहेको स्पष्ट पारे ।

चिनियाँ राजदूतले भने, “सुधार र खुलापनलाई निरन्तर प्रक्रियाका रूपमा कायम राख्ने निर्णय बैठकले गरेको छ, भविष्यका लागि अझ सुधार र विकासको योजना बनाएइका छन् ”।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले समानता, आपसी हित र दिगो मैत्रीप्रति दृढ विश्वास भएका नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताए । उनले भने, “दुई देशबीचको सम्बन्ध समस्या मुक्त छ, चीनले नेपालको विकासमा उदारतापूर्वक सहयोग गर्दै आएको छ । नेपालले सधैँ चीनको चासोलाई ध्यानमा राखेको छ । बिआरआई परियोजना कार्यान्वयनको ढाँचाबारे दुवै देशका सरकारले चाँडै निर्णय गर्ने र परियोजना शीघ्र कार्यान्वयन हुनेमा म विश्वस्त छु ।”

नेपाल र चीनबीचको सम्बन्ध सरकारीस्तमा मात्र नभई जनस्तरमा पनि प्रगाढ बन्दै गएको बताउँदै उनले जनता–जनताबीचको सम्बन्ध आपसी लाभ र समझदारी प्रवद्र्धनका लागि उपयोगी भएको बताए । उनले प्रविधि र ज्ञान आदानप्रदान शैक्षिक उन्नतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीनको विकास र समृद्धिको अनुभवबाट नेपाल र बाँकी विश्वले सिक्न सक्ने धेरै विषय छन् भने ।

पारस्परिक सहयोगलाई दिगो बनाउन जनता–जनताबीचको सम्बन्धलाई सुदृढ पार्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले हाम्रा संस्था प्रामाणिक, निष्पक्ष र जवाफदेही पत्रकारितामा समर्पित रहेका बताए ।

चाइना मिडिया गु्रपका एसिया–प्रशान्त निर्देशक छा ओइ छाओ इले नेपालको परिचय आत्मीय र सरल नेपालीको हार्दिकताले दिनेगरेको बताउँदै हरेक पटक आफूलाई नेपाल आउँदा पुरानो मित्रको घरमा आएजस्तो अनुभव हुन्छ भने ।

नेपाल विकासपथको खोजीमा सक्रिय रहेको बताउँदै उनले स्वतन्त्रता, आत्मसुदृढीकरण र विकास समृद्धि हासिल गर्न नेपाल प्रयासरत रहेको पाएको धारणा राखे । उनले भने, “हिमालयको वारिपारि रहेका चीन र नेपालका बीच सर्वोच्च शिखर सगरमाथा रहेको र दुई देशका जनताबीचको सम्बन्ध पनि त्यति नै उच्च रहेको आफ्नो ठम्मयाइ उनले सुनाए ।

सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

 

वि.सं.२०८१ साउन १५ मंगलवार १६:४७ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...