back
CTIZAN AD

सिमलताल पहिरो : बस र यात्रु खोज्न चिनसँग सहयोग माग्ने

वि.सं.२०८१ साउन १६ बुधवार

705 

shares

काठमाडौँ । गत महिनाको असार २८ गतेको दिन सिमलताल पहिराले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न सरकारले चीनसँग पनि सहयोग माग्ने भएको छ ।

गृहसचिव एकनारायण अर्यालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा यो जानकारी दिएका हुन् ।

उनले समितिमा भने, ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं।’

भारतीय उद्धार टोलीलाई परिचालन गर्दा पनि प्रयास निष्फल भएको  अवगत गराउदै उनले चिनसँग पनि सहयोग माग्ने  जानकारी दिएका हुन् ।

मुग्लिन –नारायणघाट सडकअन्तर्गत सिमतालमा गत असार २८ गते पहिरोमा परी दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए। ती बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए । अहिलेसम्म २४ वटा शव फेला परेका छ । अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन ।

 

वि.सं.२०८१ साउन १६ बुधवार १४:५५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...