back
CTIZAN AD

नयाँ प्रतिद्वन्द्वी ह्यारिसविरुद्ध चुनावी रणनीति तयार पार्दै ट्रम्प

वि.सं.२०८१ साउन १६ बुधवार

660 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा १०० दिनभन्दा कम समय बाँकी रहँदा उम्मेदवार डोनाल्ड ट्रम्प आफ्नो नयाँ प्रतिद्वन्द्वी कमला ह्यारिसलाई मध्यनजर गर्दै चुनावी रणनीति बदल्न बाध्य भएका छन् ।

जुलाई २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई डेमोक्र्याटिक उम्मेदवारको रूपमा समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रिपब्लिकनको रणनीति उथलपुथल भएको हो ।

ट्रम्पले ८१ वर्षीय बाइडेनको स्वास्थ्यलाई आफ्नो राजनीतिक रणनीति बनाउदै उनलाई कमजोर वृद्धको रूपमा चित्रण गरेका थिए । अब उनले आफुभन्दा लगभग दुई दशक कान्छी पहिलो अश्वेत, महिला र दक्षिण–एसियाली मुलको नितान्त फरक उम्मेदवारको सामना गर्ने छन् ।

उम्मेद्वारको परिवर्तनले ट्रम्प र रिपब्लिकनहरूलाई आफ्नो रणनीति द्रूत रूपमा परिवर्तन गर्न बाध्य पारेको छ ।

अहिलेसम्म उनले आफ्नो नयाँ प्रतिद्वन्द्वीलाई ‘लाइङ कमला’, ‘लाफिङ कमला’ र ‘क्रेजी कमला’का रूपमा वर्णन गरेका छन् ।

गत हप्ता उत्तरी क्यारोलिनामा आयोजित समारोहमा गर्भपतनको विषयमा ह्यारिसको गलत व्याख्या गर्दै ट्रम्पले अमेरिकी उपराष्ट्रपतिलाई ‘बच्चाको मृत्युदण्ड’ को पक्षमा रहेको झूटो आरोप लगाएका थिए ।

चुनावी अभियानअन्तर्गत ट्रम्प बुधबार अश्वेत समुदायले सामना गर्ने समस्याको विषयमा अफ्रिकी–अमेरिकी पत्रकारहरूसँग छलफल गर्न शिकागो जानेछन् । त्यसको भोलिपल्ट उनले पेन्सिलभेनियामा एउटा अभियान ¥याली आयोजना गर्नेछन् । चुनावी कार्यक्रमको नै शिलशिलामा ट्रम्प शनिबार एटलान्टा र जर्जिया पुग्नेछन् ।

अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपतीय दौडमा ह्यारिसको प्रवेश रिपब्लिकनका लागि ‘कडा चुनौती’ भएको वर्णन गरेका छन् ।

हालैका दिनमा चुनावी अभियानका लागि विस्कन्सिन, जर्जिया र इन्डियाना पुगेकी ह्यारिसले बुधबार साँझ टेक्सासको ह्युस्टनमा अफ्रिकी–अमेरिकी विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्नेछिन् ।
एएफपी

वि.सं.२०८१ साउन १६ बुधवार १५:१८ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...