back
CTIZAN AD

गुरुदेव कामतको शोकमा प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन १८ शुक्रवार

963 

shares

गोदार (धनुषा) । शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले आज शोक वक्तव्य जारी गर्दै स्व कामतको निधनप्रति शोक तथा श्रद्धाञ्जली व्यक्त गर्न आइतबार मधेस प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने जानकारी दिएका हुन् । कामतले शिक्षा, चेतना र संस्कार उन्नयनमा सङ्गीत विधालाई आजीवन अघि बढाएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा मुख्यमन्त्री सिंहले अत्यन्त प्रभावशाली ढङ्गले गीतसङ्गीतका माध्यमबाट भावनात्मक, आध्यात्मिक, सामाजिक एवम् सांस्कृतिक विषयवस्तुलाई अभिव्यक्त गर्न सम्पूर्ण जीवन व्यतीत गर्नुभएका दिवङ्गत गुरुदेवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

स्व कामतले मनोरञ्जन र जीविकोपार्जनका लागि मात्र नभई अत्यन्त कठिन र सङ्घर्षपूर्ण साङ्गीतिक आरधना र उपासनाका यात्राबाट मुख्यमन्त्री सिंहले शास्त्रीय तथा सुगम सङ्गीत परम्परालाई थप सिर्जनात्मक बनाएको उल्लेख गरेका छन् । स्व कामतले जीवनका कठोरतम् क्षणसँग लड्दै सङ्गीत क्षेत्रमा पु¥याएको योगदान सदैव स्मरणीय रहने वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, ‘शास्त्रीय एवम् सुगम दुवै सङ्गीतसम्बद्ध जीवनमा नयाँ चेतना प्रदान गर्ने गुरुदेवजीले सङ्गीत शिक्षालाई नेपालमा नयाँ दिशा तथा आयाम दिनुभयो । उहाँको अतुल्य तथा विलक्षण प्रतिभाबाट धेरै सङ्ख्यामा सङ्गीताभ्यासीहरू सुरसाधनाका गहनतम् पक्षलाई सरलतम् ढङ्गले बुझ्न सक्षम भएका छन् ।’

स्व कामतकै प्रेरणा र सामीप्यबाट सङ्गीत विधामा नयाँ पुस्ताका प्रतिनिधिहरू उत्सुक भएको अवस्था रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् । एउटा आदर्श सङ्गीत अनुयायी, गुरु र साङ्गीतिक फाँटमा मानवीय मूल्यको निरुपण गर्ने संवेदनशील स्रस्टा/साधकका रूपमा दिवङ्गत गुरुदेवजी नेपाली साङ्गीतिक आकासमा सधैँभरि चम्किलो नक्षत्र भएर सबैलाई प्रेरित एवम् प्रोत्साहित गरिरहने मुख्यमन्त्री सिँहले वक्तव्यमा भनेका छन् । कामतको सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका-२ पोखरभिण्डामा बिहीबार निधन भएको थियो ।
रासस/फाइल फोटो

 

वि.सं.२०८१ साउन १८ शुक्रवार १४:४० मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...