back
CTIZAN AD

थापाथलीमा भएको दुर्घटनामा एक महिलाको मृत्यु

वि.सं.२०८१ साउन १९ शनिवार

1.5K 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ थापाथलीमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश००३–००१क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते उहाँको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् । ठक्कर दिने ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।

 

वि.सं.२०८१ साउन १९ शनिवार २०:५८ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...