back
CTIZAN AD

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला आजदेखि सुरु

वि.सं.२०८१ साउन २१ सोमवार

1.1K 

shares

काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।

बौद्ध धर्मावलम्बीहरूले यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिनाका साथै करुणामयको नामबाट चिनिने मत्स्येन्द्रनाथको दर्शन गर्दछन् । यसरी तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास बौद्ध धर्मावलम्बीको रहेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । स्वयम्भूमा मेला भरेपछि नजिकै रहेका शोभाभगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा रहेको महासमितिका महासचिव अशोक बुद्धाचार्यले बताए ।

महासमितिले विश्वसम्पदा स्वयम्भू तथा यस आसपास क्षेत्रका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा हुने घुइँचो व्यवस्थापन, सरसफाइ, रङ्गरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरी आजदेखि मेला सुरु गरिएको महासचिव बुद्धाचार्यले जानकारी दिए ।

चैत्यको जीर्णोद्धार सम्पन्न गरिएकाले यस वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे । थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट एक महिनाको अवधिमा करिब पाँच लाख आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षाका साथै सडकमा ट्राफिक व्यवस्थापन गर्ने महासचिव बुद्धाचार्यको भनाइ छ । “संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ”, उनले भने ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा तान्त्रिक देवीदेवताको पनि विश्रामस्थल रहेको जनविश्वास छ । यहाँ सबै सम्प्रदायका बौद्ध अनुयायी तथा हिन्दू धर्मावलम्बीले आस्था प्रकट गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि जीर्णोद्धार सम्पन्न गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएको महासमितिका महासचिव बुद्धाचार्यले जानकारी दिए ।
रासस /फाइल फोटो

वि.सं.२०८१ साउन २१ सोमवार १३:१२ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...