back
CTIZAN AD

विश्वकर्मा समाज नेपाल युएइअन्तर्गत दुबईको अधिवेशन सम्पन्न 

वि.सं.२०८१ साउन २१ सोमवार

1.5K 

shares

पाल्पा । विश्वकर्मा समाज नेपाल युएइअन्तर्गत दुबईको चौथो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हुमराज विकको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णु बहादुर सुनार, सुरज बिसी, सुष्मा सुनार चयन भएका छन् ।

सचिवमा अमृत विक, सह-सचिवमा विमला असरपति सुनार, कोषाध्यक्षमा राम सङ्गम सुनार, सह–कोषाध्यक्षमा कल्पना सुनार निर्वाचित भएको निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माले बताए ।

यसै गरी सदस्यमा निर्मला विक, धनराज विक, अनीश सुनार, रमेश सुनार, मनिराम  विक, श्रीकृष्ण विश्वकर्मा, बाबुराम विक, विकास विक,भविलाल विक, कुमार सुनार, भरत बहादुर सुनार, शान्ति विक, सन्दीप विक रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष एवम् सह–संरक्षक बाबुराम  विश्वकर्माले सम्पूर्ण विश्वकर्मा समुदायका मानिस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

विशिष्ट अतिथि विश्वकर्मा समाज नेपाल  युएइका  अध्यक्ष  दुर्गा सुनारले समाजमा सबै जना आबद्ध भएर अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा व्यवसायी नवीन विक, वरिष्ठ उपाध्यक्ष  सुब्बा  विश्वकर्मा, उपाध्यक्ष सुमी गहराज, महासचिव गाम बहादुर  विक (गगन), व्यवसायी कल्पना सुनार,  व्यवसायी राम सङ्गम सुनार, कोषाध्यक्ष  बाबुराम सुनार, सह–कोषाध्यक्ष  मनु  सुनार, सचिव किरण विश्वकर्मा लगायतले शुभकामना दिएका थिए ।

हुमराज विकको अध्यक्षतामा भएको कार्यक्रम सुरज विश्वकर्माले सञ्चालन गरेका थिए ।

वि.सं.२०८१ साउन २१ सोमवार १७:२२ मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...