back
CTIZAN AD

आज साउन २२ गते, मंगलवारको राशिफल हेर्नुहोस् क-कसलाई छ विशेष फाइदा ?

वि.सं.२०८१ साउन २२ मंगलवार

1.3K 

shares

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। केही बाध्यात्मक अवसरमा अलमलिनुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। केही चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ। अरूको मुख ताक्ने बानीले भने काममा पछि परिएला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। पहिलेका कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। केही खर्च लागे पनि प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्य नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तर, फजुल खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। केही उपलब्धिका स्रोत भने पहिल्याउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा लिन सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ। परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

२०८१ साउन २२ गते, मंगलवार (६अगस्ट २०२४)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८१ साउन २२ मंगलवार ०६:५९ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...