back
CTIZAN AD

घरघरमा पुगेर सेवा दिँदै सामुदायिक अस्पताल

वि.सं.२०८१ साउन २२ मंगलवार

936 

shares

सुन्दरबजार (लमजुङ) । लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको छ एचडिसियस नमूना सामुदायिक अस्पतालले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरू गरेको छ ।

प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिइने र यसका लागि सम्बन्धित बिरामीले अस्पताल प्रशासनसँग सम्पर्क गरी समस्याबारे जानकारी टिपाउनुपर्ने व्यवस्था रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गरेर घरमा आराम गरिरहेका, दिर्घ रोगीलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको उनले जानकारी दिए ।

अस्पतालले प्यारामेडिक्स र नर्सिङसहितको टोलीलाई घरघरमा पठाएर विशेष गरी सुगर, ब्लडप्रेसर, ज्वरोसम्बन्धी परीक्षण, ल्याब परीक्षणको लागि नमूना सङ्कलन, औषधि पु¥याउने र स्वास्थ्यसम्बन्धी परामर्श दिने गरेको छ । यसबापत बिरामीको स्वास्थ्य उपचारमा लागेको औषधि, उपचार प्रक्रिया, जनशक्ति र सेवा दिन लागेको दूरीको आधारमा शुल्क निर्धारण गरिएको अस्पताल प्रशासनले जनाएको छ । सुरुआती अवस्थामा सुन्दरबजार नगरपालिका वडा नं ६, ७, ८ र ९, भानु नगरपालिका वडा नं ११ मा हाल सेवा प्रदान गरिँदै आएको छ ।

यस्तै सुन्दरबजार नगरका वडा नं ७ पाउँदी र वडा नं ९ फुलबारीमा सामुदायिक अस्पतालले हप्ताको १ दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिए । अधिकारीकानुसार दोर्दी गाउँपालिकाको नौथर शेरामा टेलिमेडिसिनमार्फत प्रत्येक हप्ताको एक दिन निःशुल्क सेवा अस्पतालले दिँदै आएको छ ।

आकस्मिक तथा सुत्केरी, अस्पतालमै भर्ना हुनुपर्नेबाहेक बिरामीको लागि यो सेवाले सहज बनाएको अस्पतालले विश्वास लिएको छ ।
रासस /सांकेतिक फोटो

वि.सं.२०८१ साउन २२ मंगलवार ०७:२० मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...