back
CTIZAN AD

विद्यार्थीको भरणपोषणका लागि श्रमदानबाट रोपाइँ

वि.सं.२०८१ साउन २५ शुक्रवार

963 

shares

सुन्दरबजार (लमजुङ) । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् ।

दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यस्थापन समितिका अध्यक्ष अमृत न्यौपानेले बताए ।

गुरुकुलमा जुम्ला, कालिकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका २७ जना वटुक आश्रममा अध्ययन गरिरहेका छन् । आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा करिब रु एक लाख बराबरको श्रमदान गरेर रोपाइँ सम्पन्न भएको गुरुकुलका अध्यक्ष पुष्पराज अधिकारीले बताए । खेतबाट उत्पादन हुने धानले वटुकहरूलाई छ महिना भोजनको व्यवस्था गर्न सहज हुने विश्वास उनले व्यक्त गरे ।

सुन्दरबजार नगरपालिकाले रोपाइँ गर्न आश्रमलाई रु पाँच लाख प्रदान गरेको थियो । उक्त रकममध्ये रु ३० हजार मलखाद र बीउ खरिदमा खर्च भएको जानकारी उनले दिए ।

 

वि.सं.२०८१ साउन २५ शुक्रवार १३:२३ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...