back
CTIZAN AD

जनार्दनको खोँचे : नेतृत्व हस्तान्तरण गरौँ

वि.सं.२०८१ साउन २७ आइतवार

987 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी भित्र उथलपुथलको सङ्केत दिएका छन् । विभिन्न माग राख्दै पार्टीमा विवादित बन्दै आएका शर्माले माओवादी केन्द्रमा नेतृत्व हस्तान्तरणको विषयलाई लिएर नेता कार्यकर्तामा तरङ्ग पैदा गरेका छन् ।

शर्मा अर्थमन्त्री हुँदा मन्त्रालयको सिसिटिभीको तार मुसाले कोटेको भन्दै जवाफ दिँदा सबैबाट आलोचित भएका थिए । शर्माले तीन वटा प्रस्ताव अघि सार्दै प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखेका छन् । उनको यो मागलाई धेरैले पार्टी फुटाउने खेलो भनेका छन् ।

शर्माले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका छन् ।  पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो लिखित प्रस्तावमा शर्माले यस्तो बताएका हुन् ।
नेतृत्व हस्तान्तरणबारे शर्माको प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’ एक स्रोतले जनाएको छ ।
उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरेका छन् ।
यस्तै हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ ।

त्यो पनि नभए हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने उनको प्रस्ताव रहेको ती नेताले जानकारी दिए ।

वि.सं.२०८१ साउन २७ आइतवार १२:५३ मा प्रकाशित

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...