back
CTIZAN AD

जसपा नेपालको केन्द्रीय समिति बैठक सुरू

वि.सं.२०८१ साउन २७ आइतवार

912 

shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरू भएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा बैठक सुरू भएको हो ।

चार दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनेछ । त्यस्तै बैठकका कार्यसूचीहरू प्रस्तुत गरिनुका साथै पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत हुनेछ ।

बैठकको दोस्रो र तेस्रो दिन वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय/जातीय मूक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवादसम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवम् सैैद्धान्तिक अवधारणा र संविधान संशोधनको आवश्यकता र अपरिहार्यता लगायत विषय–शीर्षकमा केन्द्रीय समिति सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ ।

त्यसैगरी पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरूमा छलफल गरी उक्त प्रस्तावमा निर्णय हुने र बैठकले बैठकले केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन पनि गर्ने कार्यसूची रहेको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।

वि.सं.२०८१ साउन २७ आइतवार १३:२७ मा प्रकाशित

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...