काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले सात वटा पदका लागि कर्मचारी माग गरेको छ ।
कम्कम्पनीले जारी गरेको सूचना अनुसरा सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत र सुपरभाइजरमा २–२ जना मागेको छ भने बरिष्ठ सहायक सहायकमा ३ जना र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागे गरेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
सहायक प्रबन्धक, बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजरमा र बरिष्ठ सहायक सहायक पदको लागि भने अनुभवको आवश्कता पर्दछ । त्यस्तै प्रशिक्षार्थी सहायकको लागि सूचनामा अनुभव तोकिएको छैन् ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २८ गते) ले १५ दिन भित्र कम्पनीको वेवसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।

वि.सं.२०८१ साउन २८ सोमवार १३:१९ मा प्रकाशित






























