back
CTIZAN AD

व्यासका आठ सय ९१ लाई अपाङ्गता परिचयपत्र वितरण

वि.सं.२०८१ भदौ २ आइतवार

678 

shares

तनहुँ । जिल्लाको व्यास नगरपालिकाले हालसम्म आठ सय ९१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा आठ सय २१ र गत आर्थिक वर्षमा ७० जनालाई परिचयपत्र वितरण गरेको हो ।

निवेदकले कार्यालयमा निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको बैठकले व्यक्तिको शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरिएको नगरपालिकाको महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाले जनाएको छ ।

आव २०७९÷८० मा आठ सय २१ जनाले अपाङ्गता परिचयपत्र लिएका उपशाखाकी सहायक महिला विकास निरीक्षक शर्मिला जम्मरकट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गका एक सय ३६, ‘ख’ वर्गका तीन सय ५१, ‘ग’ वर्गका दुई सय २० र ‘घ’ वर्गका एक सय १४ जना छन् । गत आवमा ‘क’ वर्गका ११, ‘ख’ वर्गका २७, ‘ग’ वर्गका २४ र ‘घ’ वर्गका आठ जनाले परचयपत्र लिएका उहाँले बताउनुभयो ।

सङ्घीय सरकारबाट ‘क’ वर्गका अपाङ्गता भएकलाई मासिक रु तीन हजार नौ सय ९०, ‘ख’ वर्गलाई रु दुई हजार एक सय २८ र ‘ग’ वर्गकालाई व्यास नगरपालिकाले वार्षिक रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ ।

‘घ’वर्गका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको सुविधा नभएपनि स्वास्थ्य, यातायातलगायत सेवासुविधा पाउन सहज हुने सहायक महिला विकास निरीक्षक जम्मरकट्टेलले बताए । चिकित्सक, नेपाल प्रहरी, अपाङ्गता क्षेत्रबाट तीन र बहिरा संस्थाबाट एक जनाको सहभागितामा समितिको बैठकमा बसेर परिचयपत्र वितरण गरिएको उनले जानकारी दिए ।

नगरभित्रका अपाङ्गता भएका व्यक्तिमध्येबाट समन्वय समितिले मनोनयन गरेका एक महिला सदस्यसहित तीनजनाको सहभागी हुने प्रावधान रहेको सो शाखाले जनाएको छ ।

 

वि.सं.२०८१ भदौ २ आइतवार १६:०१ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...